• २०८१ बैशाख १४ शुक्रबार

सिजनको अन्तिम खेलमा रियल म्याड्रिड पराजित

kharibot

काठमाडौँ । स्पेनिस फुटबलको महारथी रियल म्याड्रिडले यस सिजनको ला लिगाको अन्तिम खेलमा हार बेहोर्दै सिजनको अन्त्य गरेको छ ।

आइतबार भएको रियल बेटिसविरुद्धको खेलमा रियल म्याड्रिड २-० गोल अन्तरले पराजित भएको हो ।

रियल बेटिसको जितमा लोरेन मोरोन र जेसेले एक एक गोल गरेका थिए । पहिलो हाफमा कुनै गोल नभएको खेलमा रियल बेटिसले दोस्रो हाफमा दुवै गोल गरेको थियो । बेटिसका लागि मोरोनले ६१औँ मिनेटमा र ७५औ मिनेटमा जेसेले गोल गरेका थिए ।

यस खेलमा जिनेदिन जिदानले ग्यारेथ बेललाई टिममा राखेको भएपनि उनलाई खेल्ने मौका भने दिएनन् । त्यस्तै यस खेलमा गोलकिपर किलोर नाभासलाई खेलाएका थिए ।

रियल म्याड्रिडले यस सिजनमा आफ्नो खराब प्रदर्शनलाई जारी राख्दै अन्तिम खेलमा पनि पराजय भएर सिजनको अन्त्य गरेको छ ।

रियल म्याड्रिडले यस सिजनमा ला लिगामा ३८ खेलमा २१ खेलमा जित, ५ बराबरी र १२ खेलमा हार बेहोर्दै ६८ अंकसहित तेस्रो स्थानमा रहेर सिजन सकेको छ ।

त्यस्तै रियल बेटिसले ३८ खेलमा ५० अंक हासिल गर्दै १०औ स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।                              
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै