• २०८१ बैशाख १५ शनिबार

सांसद मोदी र घिसिङको चर्काचर्की : भ्रष्ट्राचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु 

kharibot

फाइल तस्विर । 

काठमाडौं । सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा सांसद अमनलाल मोदी र विद्युत प्राधिकरणको निर्देशक कुलमान घिसिङको चर्काचर्की परेको छ ।प्राधिकरणका निर्देशक घिसिङले मोदीले लगाएको आरोपको खण्डन गर्दै भ्रष्ट्राचार गरेको प्रमाणित भएमा झुण्डिएर मर्न तयार भएको बताएका हुन्  । 

छानबिन भइरहेको जानकारी गराउदै घिसिङले सांसद भए भन्दैमा अनावश्यक आरोप नलाउन भनेपछि सभापति बैठकमा संयम तरिकाले जवाफ दिन भनेका थिए ।

नेपाल विद्युत् प्राधिकरणको डेलिकेटेड फिडर सम्बन्धमा छलफलको क्रममा मोदीले भ्रष्ट्राचारको कन्द्रको रुपमा विद्युत् प्राधिकरण रहेको बताउदै दम्भ लिएर काम गरेको आरोप लगाएका थिए । 

त्रिशूलीका जनतालाई थुन्दिन्छु भन्नु घिसिङको दम्भको उपज भएको बताउदै मोदीले प्रधानमन्त्रीलाई नभएको थुन्ने अधिकार उनलाई कसरी आयो ? पुलिस प्रशासन हो र भनेर प्रश्न गरेका थिए । 

लेखा समितिले छानबिनको लागि एउटा समिति बनाएर या अख्तियारलाई पठाएर त्यसको छानबिन गर्नुपर्ने बताए । प्राविधिक कुरा जान्दैनौ भन्दै राज्यबाट ठुलो रकम हिनामिना हुदाँ त्यसको असुल उपर गर्छ की गर्दैन भनेर मोदीले प्रश्न गरेका थिए । 

कोशीकरिडोरको प्रशारण लाइनको २ सय २० केवी सव स्टेशन निमार्ण काार्यमा पहिला भइसकेको ठेक्का काम सुरु नभई ठेक्का सम्झौता रद्ध गरी सम्बन्धित ठेकदारलाई करिव ३४ करोड सहयोग फिर्ता गरेर नयाँ पहिलाको भन्दा ५७ करोड बढी गरेर सम्झौता गरेर  राज्यलाई करिव ९१ करोड बढि नोक्सानी भएको बताएका छन् ।  

टंक लाइनको सम्बन्धमा भारतबाट बढी आयात गर्ने नेपालको उत्पादन गर्ने ठाँउ जति छ त्यसमा उत्पादन क्षमताभन्दा कम उत्पादन गरेको बताउदै मोदीले भारतको आयात बढि गर्दा कमिसनको खेल रहेको, नेपालको उत्पादन नबढाइ भारतबाट बढि लिएको भन्ने सुनिएको मोदीले बताए । 

विद्युत् प्राधिकरणमा ब्राण्डेट भइसकेपछि कसैले अन्त्य गर्न नसक्ने भन्ने नहुने सत्य खुलेपछि ब्राण्डको पनि अन्त हुन सक्ने मोदीले बताए । 

विद्युत प्राधिकरणमा रहेको करिव ३१ हजार रोपनी जग्गामध्ये करिब १८ सय रोपनीको लालपूर्जा छैन भन्दै १४ सय रोपनी जग्गा अतिक्रमणमा परेपछि कुनै छानबिन नभएको बताए । सबै कुरा हेर्दा भ्रष्टाचारको केन्द्रको रुपमा विद्युत् प्राधिकरण रहेको मोदीले बताए । 

समिति सैद्धान्तिक रुपमा ढाकछोप गर्न राखिएको भन्ने कुरा झुट भएको बताउदै घिसिङले हरेक ३ महिनामा वितरण डाउलोड गर्नु पर्ने सिस्टमले पहिलाको डाटा आउदै भन्ने कुरालाई पन्छाउने बताए ।  

राष्ट्रको लागि इमानदारीको साथ काममा खटेको र रोकिएको काम फुकाउन जिम्मेवारी पनि हो भन्दै यसलाई दम्भको रुपमा लिन नहुने बताए । पुर्वको कटरी सवस्टेन विगत ५ महिनादेखिसवस्टेसन चार्ज भएको बताउदै मोदीसँगको विवादले सवस्टेसन चार्ज नभएको घिसिङले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै