• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री कप महिला क्रिकेट जेठ २८ गतेदेखि शुरु हुने 

kharibot

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोट्र्स सोसाइटीको व्यवस्थापनमा यसै महिना प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुनेभएको छ ।

यही जेठ २८ गतेदेखि शुरु हुने उक्त प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोट्र्स सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए । 

प्रतियोगिता सात दिनसम्म चल्नेछ । उनका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् । 

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुरुष र महिला क्रिकेट प्रतियोगिताको पुरस्कार राशिमा भेदभाव हुने गरेको भन्दै आगामी संस्करणका प्रतियोगितामा पुरस्कार राशि समान गर्न प्रयास गरिने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै