• २०८१ बैशाख १६ आइतबार

पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट गर्दै नेपाल टेलिकम 

kharibot

काठमाडौँ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । 

टेलिकमले २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरेको हो । 

आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने टेलिकमले बताएको छ । 

पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो । 

छुटको अवसरलाई सदुपयोग गरी पुरानो बक्यौता भुक्तानी गर्न समेत टेलिकमले ग्राहकहरूलाई आग्रह गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै