निर्माणाधीन रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेकपाको कारवाही 

खरीबोट

चितवन । भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीले कारबाही गरेको छ ।

नेकपाका चितवन अध्यक्ष यमबहादुर परियारले विज्ञप्ति प्रकाशित गर्दै रंगशालामा डोजर लगाउन नेतृत्व गर्ने प्रकाश कँडेललाई कारबाही गरेको जनाएका छन् ।

नेकपाका स्थानीय नेता कँडेललाई पार्टी सदस्य समेत नरहने गरी निलम्वन गरिएको परियारले जनाएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनलाई निर्माण विचलित नभइ लाग्न आग्रह गर्दै नेकपाले पीडकबाट क्षतिपुर्ती भराउन कारबाही गर्न समेत माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरिसकेको छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन् । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरिएको बताएका थिए ।

सम्बन्धित समाचार

रंगशाला निर्माणकार्य स्थगित, बार भत्काउने १६ जना पक्राउ 

चितवन । चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य केहि समयको लागि स्थगित भएको छ । बुधबार पश्चिमतर्फको तारबार अराजकीय तरिकाबाट स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि केहि समयको

रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली साँझ दुबईबाट २२ लाख संकलन

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ

क्रिकेट स्टेडियमका लागि आर्थिक सङ्कलन गर्न धुर्मुस सुन्तली मलेसियामा

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल

धुर्मुस सुन्तलीको चितवनमा भव्य स्वागत, र्यालीका साथ निर्माणस्थल पुर्याइयो 

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ ।  भरतपुर विमानस्थलबाट बाजागाजासहित


z