• २०८१ बैशाख १४ शुक्रबार

म म्याड्रियन हुँ, म यहि रिटायर्ड हुन चाहन्छु – सर्जियो रामोस 

kharibot

काठमाडौँ । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले आफु रियल म्याड्रिडबाटै रिटायर्ड हुने बताएका छन् । रामोसले क्लब छोड्ने हल्ला चलिरहेका बेला पत्रकार सम्मेलन गरेर विभिन्न प्रस्ताव आएको भएपनि आफुले क्लब नछोड्ने स्पष्ट गरेका हुन् ।

रामोस र रियल म्याड्रिडका अध्यक्ष फ्लोरेनटिनो पेरेजबीचको विवाद बढेपछि उनले क्लब छोड्ने मिडिया रिपोर्ट सार्वजनिक भएको थियो । यस सिजनमा क्लबको खराब प्रदर्शन पछि ३३ बर्षिय रामोसले रियल म्याड्रिडमा आफ्नो १४ सिजनको अन्त्य गर्दै चीन या प्रिमियर लिग क्लबहरुमा जाने चर्चा शुरु भएको थियो ।

रामोसले भने, ‘म म्याड्रिडयन हुँ, म यहि रिटायर्ड हुन चाहन्छु । म रियल म्याड्रिड र मेरा फ्यानहरुलाई कुनै आशंका उब्जिन दिदिन ।’

क्लबका अध्यक्ष पेरेजसँगको सम्बन्धका बारेमा सोधिएको प्रश्नको जवाफमा रामोसले आफ्नो पेरेजसँग पिता र छोराको जस्तो सम्बन्ध भएको बताए । रामोसले चीनियाँ क्लबबाट अफर आएको बताउदै यदि मैले रियल छोड्ने भएमा त्यो एउटा विकल्प भएको बताए ।

अयाक्ससँगको च्याम्पियन्स लिगको खेल पछि क्लबमा तनाव बढेको बताउदै रामोसले अब टिमलाई फेरी एक जुट बनाएर अगाडी बढ्ने बताए ।

रामोसले आफुले क्लबका अध्यक्ष पेरेजलाई भेटेर चिनियाँ क्लबबाट आएको अफरका बारेमा निजी संदेश दिएको तर सो विषय मिडियामा लिक हुदा यस्तो चर्चा भएको समेत बताए ।

फ्यानहरुको चाहना खेलाडी आफै केहि बोलोस् भन्ने हुने भएकाले आफु अगाडी आएर सबै कुरा स्पष्ट गरेको भन्दै फुटबलमा सधै सबै कुरा आफुले चाहे जस्तो हुदैन भन्ने सबैले बुझ्नु पर्ने बताए ।

भविष्यको बारेमा अहिले नै केहि भन्न नसक्ने भन्दै आफु अझै फिट रहेको र खेल्न सक्ने भएकाले २,४,६ बर्ष कति खेल्न सक्छु अहिले भन्न नसक्ने बताए । भविष्यमा चीन या अमेरिका जान सक्ने बारे भने रामोसले सम्भावना खुलै राखेको बताए ।

रामोसले यस सिजनको शुरुमा क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि रोनाल्डोको ठाउमा अर्को ठुलो खेलाडीलाई भित्राउन दिएको सल्लाह रियल व्यवस्थापनले नमाने पछि रामोस रुष्ठ बनेको बताइएको छ ।

रामोसले रोनाल्डोको सट्टामा नयाँ खेलाडी नल्याउनु नै क्लबको यस सिजनको प्रदर्शनमा गिरावट आएको दाबि गर्दै आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन् । 

रियलले यस सिजनमा इडेन हजार्ड, पाउल पोग्वा जस्ता खेलाडीलाई भित्राउने अन्तिम तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै