• २०८१ बैशाख १४ शुक्रबार

गोल्डेन ओक : यस वर्ष सर्वाधिक बिक्री भएको नेपाली ब्रान्ड 

kharibot

काठमाडौँ । जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज प्रा.लि.को व्यवस्थापनमा संचालित भएको हिमालयन डिष्टिलरी लिमिटेड एक स्थापित उद्योग हो र यस उद्योगबाट उत्पादन गरिंदै आएका मदिराजन्य उत्पादनहरुले नेपाली बजारमा आफ्नो भिन्न पहिचान कायम गरेका छन् ।

यी नै उत्पादनहरुमध्ये एक उत्पादन हो गोल्डेन ओक । गोल्डेन ओक ब्राण्डले यस वर्ष १० लाख कार्टुन बिक्रीको अद्भूत रेकर्ड नै कायम गरेको छ । यस परिमाणको विक्रीले यस उद्योगको उत्पादन प्रति उपभोक्ताहरुको विश्वसनीयताका साथै उत्पादीत मदिराको गुणस्तर समेत अब्बल रहेको प्रमाणित भएको छ ।

गोल्डेन ओकको उत्पादन प्रक्रियालाई अति सुक्ष्म तरिकाबाट पूर्णता दिइन्छ । उच्चस्तरिय कच्चा पदार्थहरुको मिश्रणका साथ अग्राखका ठेकीहरुमा परिपक्व गरेर बनाइने यो ब्राण्डमा स्वादको असलीपनाको मिठास लुकेको पाईन्छ । ४०यु.पी शक्तीको समुहको यो ब्राण्डको मदिरालाई सरलताका साथ ग्रहण गर्न सकिने उपोभोक्ताहरुको भनाई छ ।

१० लाख कार्टुन बिक्री भएको सन्दर्भमा गोल्डेन ओकलाई रुचाउनु हुने ग्राहक महानुभावहरुमा आभार प्रकट गर्दै जावलाखेल गु्रप अफ ईण्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक राज बहादुर शाहले भने, “हामीलाई आज अत्यन्त खुशी लागेको छ, आफ्नै विशिष्ट स्वाद भएको गोल्डेन ओकले आज बिक्रीको जुन रकेर्ड कायम गरेको छ, त्यसबाट नेपाली उत्पादनहरु पनि अन्तर्राष्ट्रिय स्तरका छन् भन्ने प्रमाणित गरिदिएको छ । म यो खुशी सबै उपभोक्ता वर्गका साथै डिलर, बिक्रेता र उद्योगमा कार्यरत श्रमिक, कम्पनी व्यवस्थापनका साथीहरुसँग बाँड्न चाहन्छु ।”

गोल्डेन ओक व्राण्डको माग वजारबाट विभिन्न विक्रेताहरुबाट आई रहेको हुनाले सो लाई सर्व सुलभ तरिकाबाट परिपुर्ति गर्नका लागि यस जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज प्रा.लि.बाट व्यवस्थापन गरिएका अन्य विभिन्न स्थानका उद्योगबाट उत्पादन तथा विक्री वितरणको लागि कार्य भई रहेको कम्पनीले जनाएको छ ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले आफ्नो विभिन्न सदस्य उद्योगहरुसँग मिलेर स्वदेशी लगायत विदेशका प्रचलित ब्राण्डका मदिरा तथा बीयरहरुको नेपालमा उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिने कार्यमा तल्लीन रहेको जानकारी दिएको छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै