• २०८१ बैशाख १६ आइतबार

लोकप्रिय रुस्लान एफएम ९५.२ पुनः सञ्चालनमा

kharibot

काठमाडौँ । केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ पुनः सञ्चालनमा आएको छ । 'ओन्ली म्युजिक', गीतलाई मात्र प्राथमिकता दिने रुस्लान एफएम ९५.२ फेरी श्रोतामाझ फर्किएको छ ।

सर्वाधिक रुचाईएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याई रहेको रुस्लान एफएम ९५.२ ले नेपाली सङ्गीतकर्मीहरूलाई  विशेष ठाउँ प्रदान गरी आइरहेको छ । नेपाली गितका साथसाथै रुस्लान एफएम ९५.२ मा लोकप्रिय हिन्दी तथा अंग्रेजी गितहरु पनि सुन्न सकिने छ । 

'पहिलाभन्दा भव्य तरिकाले संचालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरी बस्ने सोच सहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौं', रुस्लान एफएमका प्रमुख मार्केटिङ अधिकृत, बैभव शर्माले भने ।   

बिहान ६ बजे बाट राति १२ बजेसम्म सञ्चालन हुने रुस्लान एफएम ९५.२ मा बिहान ६ देखि ८ बजेसम्म ‘वर्क आउट बिट्स’, बिहान ८ देखि ११ बजेसम्म रुस्लान आवर बिट्स’, बिहान ११ देखि दिउँसो ४ बजे सम्म चिल बिट्स’, दिउँसो ४ देखि बेलुकी ७ बजेसम्म ‘इन ट्रेण्ड’ र बेलुकी ७ देखि राती १२ बजेसम्म ‘भाइब्रेंट बिट्स’ गरी ५ फ®क विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै