• २०८१ बैशाख १५ शनिबार

नेइमारलाई लाग्यो बलात्कारको आरोप !

kharibot

काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमारलाई बलात्कारको आरोप लागेको छ ।

नेइमारले पेरिसको एक होटलमा एक ब्राजिलकी युवतीलाई बलात्कार गरेको आरोप ब्राजिलको सान पाउलो प्रहरीमा रिपोर्ट दर्ता भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्ट अनुसार नेइमारले सामाजिक संजालमा कुरा गरेर पेरिसको एक होटलमा युवतीलाई बोलाएर गत मे १५ मा युवतीलाई बलात्कार गरेको आरोप लगाइएको छ । युवतीले प्रहरी समक्ष दिएको बयानमा नेइमार मादकपदार्थ सेवन गरेर आएको र आफुलाई बलात्कार गरेको बताएकी छन् । ती युवतीलाई नेइमारले नै साथीहरु मार्फत ब्राजिलबाट पेरिस बोलाएको समेत रिपोर्टमा उल्लेख गरिएको छ । ति युवती मे १७ मा पेरिसबाट ब्राजिल फर्किएको बताइएको छ ।  

ब्राजिलको यूओएल स्पोर्ट्समा यस सम्बन्धि रिपोर्ट प्रकाशित भएपछि नेइमारले एक विज्ञप्ति जारी गर्दै सो आरोप झुटा भएको भन्दै यसको खण्डन गरेका छन् । साथै नेइमारले केहि दिन अघिनै आफुलाई ति महिलाका वकिले बार्गेनिङ गरेर एक्सटोरसनको शिकार बनाउने प्रयास भएको समेत आरोप लगाएका छन् । आफुहरुसँग भएका सबै प्रमाणहरु आवश्यक परेको बेला प्रहरीलाई बुझाउने समेत नेइमारले विज्ञप्तिमा उल्लेख गरेका छन् ।      

नेइमारका पिताले यस विषयमा स्थानीय टेलिभिजनमा कुरा गर्दै नेइमारलाई फसाउन खोजिएको भन्दै आवश्यक परे नेइमारसँग सामाजिक संजालमा भएको कुराकानी समेत सार्वजनिक गर्नसक्ने बताएका छन् ।

पछिल्लो समय खराब व्यबहारबाट विवादित बनेका नेइमार अहिले कोपा अमेरिका खेल्ने तयारीमा रहेका बेला फेरी विवादमा आएका छन् । नेइमार अभ्यासका क्रममा केहिदिन अघि घाइते भएपनि फेरी अभ्यासमा फर्किएका छन् ।                                          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै