• २०८१ बैशाख १६ आइतबार

अल हिलालले साउदी लिगबाट नेइमारको नाम फिर्ता लिने !

kharibot

काठमाडौँ । ब्राजिलका सुपरस्टार खेलाडी नेइमारको इन्जुरीका कारण अल हिलालको योजनामा ठुलो धक्का पुगेको छ । अल हिलालका लागि केवल ५ खेल खेलेका नेइमार ब्राजिलको विश्वकप छनौटको खेलमा घाइते भएपछि अहिले उनको घुँडाको अप्रेशन गरिएको छ । साउदी अरेबियन मिडियाहरुले नेइमार ठिक हुन यो पुरै सिजन लाग्ने उल्लेख गरेका छन् ।

नेइमार पुरै सिजन खेलका लागि उपलब्ध नहुने संकेत पाएपछि अल हिलालले साउदी प्रो लिगबाट नेइमारको नाम हटाउन लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । नेइमारको नाम खेलाडी दर्ता सूचीबाट हटाएमा अर्को विदेशी खेलाडी भित्र्याउन सकिने भएकाले अल हिलालले साउदी लिगबाट नेइमारको नाम फिर्ता लिने तयारी गरेको बताइएको छ ।

साउदी लिगको नियम अनुसार एक टिममा ८ विदेशी खेलाडी राख्न सकिन्छ । अल हिलालमा नेइमारसहित ब्राजिलकै मालकोल्म र माइकल, मोरक्कोका किपर यासिन बोउनओउ, सेनेगलका कालीडोउ कोउलीबाली,  पोर्चुगलमा रुबेन नेभेज, सर्बियाका सेर्गेज मिलिनकोभिक साभिक र अलेक्जेन्डर मिट्रोभिक विदेशी खेलाडी रहेका छन् ।

अब अल हिलालले नेइमार अर्को सिजनका लागि मात्र उपलब्ध हुने भएपछि लिगबाट उनको नाम फिर्ता लिएर अर्को विदेशी लेफ्ट ब्याक खेलाडी जनवरीमा भित्र्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

नेइमारले अल हिलालका लागि केवल ५ खेल खेलेका छन् भएन एक गोल गरेका छन् । अल हिलाल अहिलेसम्म साउदी लिगमा शानदार प्रदर्शन गर्दै लिगको शिर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै