• २०८१ बैशाख १५ शनिबार

बजेटले पनि बढाउन सकेन सेयर बजार, दोहोरो अंकले घट्यो नेप्से 

kharibot

काठमाडौं । विगतमा लामोसमयसम्म लगातार घटेको नेप्से आगामी आर्थिक वर्षको बजेट घोषणापछि पनि फेरि घट्न थालेको छ । बजेट घोषणा पछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले बढे पनि अहिले पुुनः नेप्से घट्न थालेको छ । 

साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १३ दशमलव ७९ अंकले घटेर १३ सय पाँच दशमलव ६८ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव तीन अंकले अंकले घटेर दुुई सय ७८ दशमलव १२ विन्दुमा झरेको छ । 

एक सय ६६ कम्पनीहरुको नौ हजार आठ सय तीन वटा कारोबारमा २० लाख ७८ हजार ९१ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुंदा कारोबार रकम ७५ करोड ३२ लाख ५७ हजार दुुई सय नौ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा नौ वटा समूहको सूचक घटेकाछन भने होटल र उत्पादनमूलक समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ७७ अंकले घटेर ११ सय ६२ दशमलव ८९ विन्दुुमा झर्दा बिकास बैंक समूहको सूचक पनि एक दशमलव २८ अंंकले घटेर १६ सय छ दशमलव ४७ विन्दुुमा झरेको छ । 

निर्जीवन बीमा समूहको सूचक पनि ४२ दशमलव ८३ अंकले घटेर पाँच हजार सात सय ७१ विन्दुुमा झर्दा जीवन बीमा समूहको सूचक पनि ५९ दशमलव ३७ अंकले घटेर छ हजार चार सय ७० दशमलव ३० विन्दुुमा झरेको छ । यीबाहेक जलविद्युुत्, फाइनान्स, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको कन्काई बिकास बैंकको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ८८ पैसाले बढेर एक सय ७८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ८१ पैसाले घटेर एक सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय ७३ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड दुुई लाख ५९ हजार दुुई सय ५४ रुपैयाँको सेयर किनबेच भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै