• २०८१ बैशाख २२ शनिबार

मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, लेमार र ग्रीजम्यानले गरे गोल

kharibot

काठमाडौँ । फ्रान्सले मैत्रीपूर्ण खेलमा बोलिभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्स २-० गोल अन्तरले विजयी भएको हो ।

फ्रान्सको जितमा थोमास लेमार र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए । दुवै गोल खेलको पहिलो हाफमा भएका थिए । खेलको पाँचौ मिनेटमा लेमारले पहिलो गोल गरेका थिए भने खेलको ४३औ मिनेटमा ग्रीजम्यानले दोस्रो गोल गरेका थिए ।

यस खेलमा फ्रान्सका प्रमुख खेलाडी किलियन एम्बाप्पे घाइते हुदा पहिलो हाफमै मैदान छोडेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै