• २०८१ बैशाख १६ आइतबार

मुख्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली गङ्गालालमा

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उनले त्यहाँ मुटुको शल्यक्रिया गराएका मुख्यमन्त्री पौडेलको  अवस्था बुझेका हुन् ।

मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ। मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा भल्भमा समस्या रहेको पाइएको मुख्यमन्त्री पौडेलको सोमबार मुटुको शल्यक्रिया गरिएको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै