• २०८१ बैशाख १४ शुक्रबार

मैत्रीपूर्ण खेलमा नेपालले चाइनिज ताइपेईसँग बराबरी खेल्यो 

kharibot

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेईसँग बराबरी खेलेको छ ।

नेपालले चाइनिज ताइपेविरुद्ध १-१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा गोल खाएको नेपालले दोस्रो हाफमा सन्तोष तामाङले हानेको फ्रिकिकलाई अभिषेक रिजालले हेड गोल गर्दै नेपाललाई १-१ गोलको बराबरी दिलाए थिए ।

अभिषेकले खेलको ६९औं मिनेटमा गोल गरेका हुन् । यस अघि मलेसियाविरुद्धको खेलमा डेब्यु गरेका अभिषेकको यो दोस्रो खेल हो भने आजको खेलमा उनी पहिलो रोजाईमा परेका थिए ।

फिफा वरियतामा १२५औ स्थानमा रहेको छैनिज ताइपेईसँग नेपालले बराबरी खेलेको हो ।

यस अघि जेठ १९ गते मलेसियासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो ।

प्रशिक्षक योहान कालिनले जिम्मेवारी सम्हालेयता नेपालको यो चौथो खेल हो । कुवेतविरुद्ध यसअघि एक गोलरहित बराबरी र १-० को हार बेहोरेको नेपालले पछिल्ला चार खेलमा एक गोल गरेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै