• २०८१ बैशाख १५ शनिबार

किर्गिजस्तान र ताजिकिस्तान भ्रमणमा जाँदै चिनियाँ राष्ट्रपति

kharibot

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार राष्ट्रपति सीले किर्गिजस्तानको राजधानी विश्केकमा आयोजना हुने १९औं शाङ्घाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुनेछन् । उक्त बैठकमा संगठनमा आबद्ध मुलुकका सरकार एवं राष्ट्र प्रमुखहरुको सहभागिता रहनेछ ।

साथै राष्ट्रपति सीले दुबै मुलुकको औपचारिक राजकीय भ्रमण पनि गर्ने कार्यक्रम रहेको प्रवक्ता काङले जानकारी दिए ।

राष्ट्रपति सीले किर्गिज राष्ट्रपति सूरोन्बे जीनबेकोभ र ताजिक राष्ट्रपति इमोमाली रहमोनको मैत्रीपूर्ण निमन्त्रणमा ती मुलुकको भ्रमण गर्न लागेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय