गैरआवासीय नेपालीद्धारा एनआरएन फेमली कार्डको सुरुवात

खरीबोट

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएन) ले फेमली कार्डको सुरुवात गरेको छ । संघले एनआरएनका पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी एनआरएन फेमली कार्डको औपचारिक सुरुवात गरेको हो ।

गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी कार्डको सुरुवात गरेको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने तर विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू नहुने संघले जानकारी दिएको छ । 

संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । जस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।

कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न,  अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् । कार्डको म्याद २ वर्षको हुनेछ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ । 

यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्नेछ । संघले आफ्ना सदस्यहरुको क्यू आर (त्तच् )कोड  सहितको कार्ड बनाउने प्रक्रियाको विगतदेखि नै सुरु गरिसकेको छ ।

 कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस भनी यो व्यवस्थाको सुरुवात गरिएको बताए । गैरआवासीय नेपालीहरुको सञ्जाललाई थप बृहत्  बनाई उनीहरुले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन भनि यो कार्डको व्यवस्था गरिएको उनको भनाई थियो । 

यस्तै संघकी उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताउनु भयो । आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैकिंङ, बीमा लगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी  कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी गराए । 

कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष सपिला राज भण्डारी, मकाउबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य मुकेश बरुवाल, राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष केशवलाल श्रेष्ठ र सचिव रविन सिल्पकार, एनआरएनए एकेडेमीका संयोजक डा. प्रमोद ढकाल सहित विभिन्न सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।  
 

सम्बन्धित समाचार

गैरआवासीय नेपालीद्धारा एनआरएन फेमली कार्डको सुरुवात

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएन) ले फेमली कार्डको सुरुवात गरेको छ । संघले एनआरएनका पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी एनआरएन फेमली कार्डको औपचारिक सुरुवात गरेको हो । गैरआवासीय

गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह 

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।  मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालमा

गैरआवासीय नेपालीले नेपालीसरह नागरिकता दिन माग

काठमाडौँ। गैरआवासीय नेपालीले नेपाली नागरिक सरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् ।  प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा गैरआवासीय नेपाली संघका प्रतिनिधिले नागरिकता दिने व्यवस्थालाई सहज र

पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपति भण्डारीको आग्रह

पोल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताएकी छन् । पोल्याण्डको वार्सामा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मातृभूमिको


z