• २०८१ बैशाख १५ शनिबार

मैत्रीपूर्ण खेलमा ब्राजिलको होन्डुरसविरुद्ध आधा दर्जन गोल

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा ब्राजिलले होन्डुरसलाई ७-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा जब्रियल जिससले २ गोल गरे भने फिलिप कोटिन्हो, थियागो सिल्भा, डेभिड नेरेज, रोबेर्टो फिर्मिनो र रिचार्लिसनले एक एक गोल गरेका थिए ।

नेइमारको ठाउमा खेलेका युवा खेलाडी डेभिड नेरेजले ब्राजिलका लागि आफ्नो पहिलो गोल गरेका छन् । ब्राजिलका अर्थर यस खेलमा घाइते भएपछि खेलको ३२औ मिनेटमा नै मैदानबाट बाहिरिएका थिए ।

नेइमार घाइते भएर कोपाबाट बाहिरिएपछि अर्थरको इन्जुरीले ब्राजिलको कोपा सुरु हुनु अघि चिन्ता बढाएको छ । 

खेलको २९औ मिनेटमा होन्डुरसका क्वेटोले रातो कार्ड खाएर बाहिरिएपछि होन्डुरस १० खेलाडीमा सिमित भएको थियो ।

ब्राजिलले १५ जुनमा कोपा अमेरिका अन्तर्गतको पहिलो खेल बोलिभियाविरुद्ध खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै