प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : पूर्वाधार, कृषि र पर्यटनलाई प्राथामिकतामा

खरीबोट

रुपन्देही । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । 

मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ ।

प्रदेश पाँचका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले आइतवार चालूतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख ५७ लाख रूपैयाँको बजेट प्रस्तुत गरे । चालूतर्फ ३६.९४ प्रतिशत र पूँजीगततर्फ ५१.०१ र वित्तीय हस्तान्तरणतर्फ १२.०५ प्रतिशत बजेट विनियोजन गरिएको हो । 

बजेटले पूर्वाधार, कृषि उद्योग र पर्यटनलाई प्राथामिकतामा राखेको छ ।  बजेटमा प्रदेशका विभिन्न १ सय ६३ वटा योजनाका लागि १ अर्ब ६३ करोड रूपैयाँ विनियोजन गरेको छ । त्यस्तै सिँचाइ तथा नदी नियन्त्रणका लागि २ अर्ब २ करोड रूपैयाँ विनियोजन गरेको छ । 

त्यस्तै कृषि, भूमि र सहकारीका लागि ४ अर्ब सात करोड, पर्यटन र संस्कृति क्षेत्रका लागि ७५ करोड, उद्योग वाणिज्यतर्फ २३ करोड, शिक्षा क्षेत्रका लागि ५७ करोड, स्वास्थ्य क्षेत्रका लागि ७५ करोड, खानेपानीका लागि १ अर्ब ६३ करोड, वन तथा वातावरण क्षेत्रका लागि ३६ करोड, भू संरक्षण र जलाधार संरक्षणका लागि १६ करोड विनियोजन गरिएको छ । त्यस्तै १५ वटा पुल र सडक मर्मतका लागि १४ करोड रुपैयाँ सिद्धबाबाको बाइपास चरङगे झुम्सा सडकका लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ ।

त्यस्तैगरी रुकुमपूर्व चुङवाङ रुकुमकोट सडकका लागि १० करोड, १४ वटा सीमा सडकका लागि २५ करोड, ८ वटा कृषि सडकका लागि ८ करोड, सैनामैना तिलोत्तमा चक्रपथका लागि ४० करोड र अन्य ९४ आयोजनाका लागि १ अर्ब ८८ करोड विनियोजन गरिएको छ ।

त्यस्तै वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न १ अर्ब ३८ करोड ९८ लाख वित्तीय सामान्यकरण अनुदानतर्फ ५० करोड, समपुरक अनुदानतर्फ १ अर्ब ५० करोड र विशेष अनुदानतर्फ १ अर्ब हुने गरी ४ अर्ब ३८ करोड हुने गरी विनियोजन गरिएको छ । गर्त वर्ष २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको थियो । 
 

सम्बन्धित समाचार

बर्दिया निकुञ्जलाई प्रदेशको प्रमुख पर्यटकिय गन्तव्य बनाइन्छ–मुख्यमन्त्री पोखरेल

बर्दिया(गुलरिया) । बर्दिया राष्ट्रिय निकुञ्जलाई प्रदेशको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले बताएका छन ।  नेपाल कम्युनिष्ट पार्टी बर्दियाद्वारा गुलरियामा आयोजित पार्टी कार्यकर्ता

मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन

बुटवल । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको

प्रदेशसभा सचेतकको घरमा आक्रमणको प्रयास

बुटवल । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति आक्रमणको प्रयास भएको छ ।  प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल

प्रदेश ५ मा पनि सोमबार सार्वजनिक विदा

बुटवल । प्रदेश ५ ले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशमा विदा दिइएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको


z