• २०८१ बैशाख १५ शनिबार

यौन शोषणको आरोप लागेका हार्वे वेइनस्टेन ओस्कार कमिटिबाट निस्कासित

kharibot

काठमाडौँ ।  यौन शोषणको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वे वेइनस्टेनलाई ओस्कार कमिटिबाट निस्कासित गरिएको छ । द एकेडेमी अफ मोसन पिक्टर आर्ट्स एण्ड साइन्सेसले हार्वेलाई निकाला गर्ने पक्षमा मत दिएको हो । 

कमिटिले दुई तिहाई बहुमतबाट हार्वेलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटिमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् । हार्वेले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् । 

ओस्कारको पछि रहेको बोर्डको आपतकालीन बैठक बसेर हार्वेलाई निकाला गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । उनिमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ भन्दा बढी अभिनेत्रीले यौन शोषणको आरोप लगाएका छन् । 

हार्वेले बलिवुडकी अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पनि एक्लै भेट्ने कोशिस गरेको खुलेको थियो ।

अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिवुड इतिहासमा अहिलेसम्मकै माथिल्लो यौनशोषणको घटना बाहिर आएको छ । 
६५ वर्षका हार्वेले भने आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । हार्वेलाई बेलायतको बाफ्टाले यसअघि नै निलम्बित गरिसकेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय