सर्लाही । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग सर्लाहीमा प्रहरीको दोहोरो भीडन्त भएको छ ।
जिल्लाको लालबन्दीमा दुबै पक्षबीच दोहोरो भीडन्त भएको हो । भीडन्तमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भिडन्तमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।