• २०८१ बैशाख १६ आइतबार

प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने केही नयाँ फिचर 

kharibot

काठमाडौं । प्रविधिको क्षेत्रमा हाल विश्वले निकै फड्को मारेको छ । तीव्र प्रतिस्पर्धाका कारण प्रविधि कम्पनीहरुबीच नयाँ प्रविधि भित्र्याउने होडबाजी नै चलेको छ । यस्तोमा स्मार्टफोन कम्पनीहरुले दिनहुँजस्तो आफ्नो स्मार्टफोनमा नयाँ फिचर ल्याउनु कुनै नौलो होइन ।

कम्पनीहरुले आफ्नो साख जोगाउन र बजारमा आफ्नो प्रभुत्व कायम राख्न पनि नवीनतम फिचरलाई आफ्नो शस्त्रास्त्रको रुपमा प्रयोग गर्दै आएका छन् । त्यसैले कम्पनीहरूले अपडेटको रूपमा नयाँ फिचर निकाल्न आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । प्रविधिको क्षेत्रमा प्रभाव जमाउन सक्ने केही खास फिचर यसप्रकार छन् :

आइफोनको अफलाइन लोकेसन ट्र्याकिङ

यो फिचरले ती मानिसलाई राहत मिल्छ जसको फोन प्रायः हराइरहन्छ । एप्पलले बजारमा ल्याउन लागेको नयाँ आईओएस १३ मा आइफोन ट्र्याक गर्ने परिष्कृत फिचर ल्याउँदै छ । यो फिचरको नाम फाइन्ड मी हो । एप्पलले फाइन्ड माई फोन र फाइन्ड माई फ्रेन्डलाई समायोजन गरी फाइन्ड मी फिचर निकालेको हो । यो फिचरको सहायताले अफलाइन भए पनि फोन ट्र्याक गर्न सकिन्छ । यसको लागि यो ब्लूतुथको सहायता लिनुपर्ने हुन्छ । कम्पनीका अनुसार ब्लूतुथबाट मिल्ने सबै जानकारी एनक्रिप्टेड अर्थात् कोड ब्रेक गर्न सकिँदैन भने यसलाई एप्पलले पनि एक्सेस गर्न सक्दैन । 

एन्ड्रोइडको फेस अथेन्टिकेसन 

गूगलले एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम एन्ड्रोइड क्यूको बिटा ४ सार्वजनिक गरेको छ । क्यूका अधिकांश नयाँ फिचरमा फेस अथेन्टिकेसन पनि संलग्न छ । यो फिचरले अनुहारको आकृतिलाई नै अथेन्टिकेसनको रुपमा प्रयोग गर्छ । यसका कारण फेस अथेन्टिकेसन प्रयोग गरेर नै एप इन्स्टल तथा साइन इन गर्न सकिन्छ । 

गूगल म्याप स्पिडोमिटर 

गूगल म्याप विश्वमै सबैभन्दा धेरै चलाइने नेभिगेसन एप हो । यसको आउँदै गरेको नयाँ फिचर नेभिगेसन स्क्रीनमा स्पिडोमिटर छ । एपले आफै ओभरस्पीड भएको पत्ता लगाउँछ । हाल परीक्षणका रुपमा यो विभिन्न देशमा  सार्वजनिक भइसकेको छ । 

एप्पल टिभीको लागि कन्ट्रोलर सपोर्ट 

एप्पलको वल्र्ड वाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) सन् २०१९ मा कम्पनीले अपरेटिङ सिस्टम टीभीओएसबारे जानकारी दिएको छ । यसमा एक्सबक्स अथवा प्लेस्टेशन ४ को कन्ट्रोलरको सहायताले टिभीमा गेम खेल्न सकिनेछ । कम्पनीले हालसालै अर्काडेक नामक गेमिङ सेवा शुरु गरेको छ । अब नयाँ कन्ट्रोलरको सहायताले उक्त गेम खेल्न सकिने भएको छ । 

आइप्याडमा यूएसबी ड्राइभ एक्सेस 

एप्पलले डब्ल्यूडब्ल्यूडीसी सन् २०१९ का क्रममा आइप्याड अपरेटिङ सिस्टमको घोषणा गरेको थियो । यो आइप्याडको लागि नयाँ युजरइन्टरफेस छ जसले यसलाई ल्यापटपजस्तै बनाउनेछ । यो अपरेटिङ सिस्टमबाट नयाँ होम स्क्रीन र राम्रो मल्टिटास्किङसँग यूएसबी ड्राइभ अथवा एसडी कार्ड सीधै कनेक्ट गर्न सकिनेछ । अथवा यूएसबी, एसडी कार्ड आदिलाई सीधै टाइपसी पोर्टमा जोड्न सकिन्छ र ड्राइभ अथवा कार्डमा रहेको फाइललाई इन्टरनल स्टोरेजविना नै कपी गरी मोडिफाइ गर्न सकिन्छ । 

एक्सबक्सको अल्टिमेट गेम पास 

इलेक्ट्रोनिक् इन्टरटेनमेन्ट एक्स्पो २०१९ को क्रममा माइक्रोसफ्टले एक्सबक्स गेमपास अल्टिमेट सर्भिसको घोषणा गरेका थिए । गेम पास अल्टिमेटको सहायताले गेमरहरुले एक्सबक्स लाइभ गोल्ड र पीसी गेम अथवा एक्सबक्स गेमकाल ागि एक्सबक्स गेम पासको एक्सेस मिल्नेछ । अहिलेसम्म गेमरहरुलाई यी सबैको लािग ३ ओटा अलग सेवा सब्सक्राइब गर्नुपथ्र्यो । अल्टिमेट गेम पासबाट माइक्रोसफ्टले सबैलाई संयोजन गरेको छ । जससबाट गेमरहरुले एउटै सबस्क्रिप्सनमा १०० भन्दा बढी गेम खेल्न सक्छन् । पास सार्वजनिक भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै