काठमाडौँ । मोटोपना बढ्नुको पछाडिको सबैभन्दा ठूलो कारण हाम्रो खराब बानी हो । एक तथ्यका अनुसार सधैँ टिभी हेर्दै खाने मानिसको तौल ह्वात्तै बढ्छ ।
यसबाहेक कोल्ड ड्रिंक शरीरको लागि पनि राम्रो मानिँदैन । तर हामी दिनहुँ धेरै पटक पिउने गर्दछौं । कोल्ड ड्रिकमा सुगर र क्यालोरी धेरै हुन्छ । जसको कारण शरीरको तौल बढ्दछ । साथै डिब्बामा बन्द जुसले पनि तौल बढाउने काम गर्दछ । यसको साथै अन्य कैयौं कारणबाट तौल बढ्न जान्छ ।
सवारीसाधनमा खादै यात्रा गर्दा
लामो यात्राको क्रममा हामी केही न केही मुखमा हालिराखेका हुन्छौँ । चाहे त्यो समोसा होस् चिप्स होस् वा अन्य केही । यी सबै अस्वस्थ खानाले पेट कम भर्छ र शरीरमा क्यालोरी बढि हुन जान्छ ।
के गर्ने ?
लामो यात्रामा निस्किनुभएको छ भने आफनो साथमा पौंष्टिक आहार र पानीको बोतल पनि राख्नुस् । यात्राको क्रममा तपाई फल, गाजर, काँक्रो या सलाद खान सक्नुहुन्छ ।
टिभी हेर्दै खाना खादा
टिभी हेर्दै खाना नखानुस् किनकी यसले हाम्रो ध्यान बाडिन्छ । हामी अन्दाज गर्नै सक्दैनौ की एक चोटीमा कति खाना खायौं ।
के गर्ने
खाना सधै चबाएर र अनि विस्तारै स्वाद लिएर खानु पर्दछ । यसले पाचन क्रियालाई पनि ठिक गर्छ ।
एक किसिमको खाना खाने
कहिले काँही मान्छेहरु तौल कम गर्नको लागि खास डाइट प्लानको साथ खाना खान थाल्छन् । तौल कम गर्नको लागि एउटै आहार सधै खानाले सहि मात्रामा पोषण पुग्दैन ।
के गर्ने ?
शरिरलाई अलग अलग तरिकाले पोषक तत्व दिनको लागि भोजन सधै बदलेर पौष्टिक खाना खानु आवश्यक हुन्छ ।
चिया कफीको बानी
चिया कफी धेरै मान्छे जरुरत लागेपछि पिउछन् । दिन भरमा धेरै पटक चिया कफी पिएका हुन्छन् । यो बानीले तौल बढाउछ ।
के गर्ने ?
कफीको बानी हटाउनको लागि ग्रीन टि पिउन सकिन्छ । यो पिउनाले तौल बढ्दैन् ।
बिहानै नास्ता खाने
बिहानै नाश्ता नगर्नाले मानिसलाई धेरै भोग लाग्दछ । जसको कारण एकै साथ मानिस धेरै खाना खान लाग्दछन् । र यही बानीले तौल बढाउन मदत गर्दछ ।
कार्बोहाइड्रेटको धेरै सेवन
कार्बो हाइड्रेटले रगतमा ग्लुकोजको मात्रा बढाउछ । जसको कारण इन्सुलिनको मात्रा बढ्न जान्छ । यस कारण पनि शरिरको तौल बढ्न जान्छ ।