• २०८१ बैशाख १५ शनिबार

जितसँगै ब्राजिल र भेनेजुएला कोपाको नकआउट चरणमा 

kharibot

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत समुह ए बाट ब्राजिल र भेनेजुएला नकआउट चरणमा प्रवेश गरेका छन् ।

गएराती सम्पन्न समुह ए को समुह चरणको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० ले र भेनेजुएलाले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिल समुहमा पहिलो र भेनेजुएला दोस्रो हुदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

ब्राजिलको फराकिलो जितमा कासामिरो, रोबेर्टो फिर्मिनो, एभर्टन, डानी एल्भेज र विलियनले एक एक गोल गरेका थिए ।

त्यस्तै समुह ए कै अर्को खेलमा भेनेजुएलाले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गर्यो । भेनेजुएलाको जितमा डार्वीन मार्चिसले २ गोल गरे भने जोसेफ मार्टिनेजले एक गोल गरेका थिए । त्यस्तै लिओनेल अराउजले बोलिभियाका लागि एक गोल गरेका थिए ।

समुह चरणमा समुह ए मा ब्राजिल ३ खेलमा ७ अंकसहित पहिलो हुदै नक आउट चरणमा प्रवेश गरेको छ भने भेनेजुएला ३ खेलमा ५ अंकसहित दोस्रो हुदै नक आउट चरणमा प्रवेश गरेको छ ।

त्यस्तै यस समुहबाट बोलिभिया बाहिरिएको छ भने पेरुका लागि अन्य दुई समुहको समुह चरणका खेल सकिए सम्म पर्खिनु पर्ने देखिन्छ । ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको पेरु तेस्रो स्थानको उत्कृष्ट दुई टिममा पर्न सके नक आउट चरणमा पुग्ने छ ।     

कोपा अन्तर्गत अब अर्को खेल समुह बि अन्तर्गत कोलम्बिया र पराग्वेबीच तथा कतार र अर्जेन्टिनाबीच आज राति हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय