• २०८१ बैशाख १७ सोमबार

नापी सर्वेक्षकविरुद्ध भ्रष्ट्राचारको आरोपमा मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक विरुद्ध भ्रष्ट्राचारको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के.सीले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख ५० हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएपछि अनुसन्धान हुँदा जग्गा हालसाविक गर्ने कार्यमा नापी कार्यालय, साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र मालपोत कार्यालय साँखुका नायव सुब्बा महेश काफ्लेले घुस माग गरी मध्यस्थकर्ता बिष्णु कुमार के.सी.लाई कुराकानी गर्न लगाई घुस लिएको प्रमाणित भएको भन्दै आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै