काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेपाल किसान महासंघले पूर्णता पाएको छ । नेकपाका सचिवालय सदस्य वामदेव गौतम संयोजक रहेको महासंघले पूर्णता पाएको हो ।
महासंघका संयोजक गौतम र सह–संयोजक क.चित्रबहादुर श्रेष्ठको आयोजनामा जेठ ३१ गतेबाट असार ६ गतेसम्म किसान महासंघको एक भेलाले टुंग्याएको हो ।
महासंघको केन्द्रीय कार्यालयमा संयोजक वामदेव गौतमसहित ९ जना रहेका छन् । जसमा वामदेव गौतम-संयोजक, चित्रबहादुर श्रेष्ठ–सहसंयोजक र सदस्यहरुमा केशवलाल श्रेष्ठ, हरिप्रसाद पराजुली, शारदाप्रसाद सुवेदी, बलराम बाँस्कोटा, सेसुराम भण्डारी, नहेन्द्र खड्का र केपी बराल रहेका छन् ।
त्यस्तै भेलाले २५१ सदस्यीय केन्न्द्रीय कार्यसमिति गठन गरेको छ भने ५१ सदस्यीय सचिवालय समेत गठन गरेको छ । साथै २६ वटा विषयगत बर्गीय किसान संघ र ८ बिभाग रहेका छन् ।
केन्द्रीय विभागहरूको जिम्मेवारीमा प्रशिक्षण विभागमा केशवलाल श्रेष्ठ, आर्थिक विभागमा शारदाप्रसाद सुवेदी, विदेश विभागमा बलराम बाँस्कोटा, सहकारी विभागमा सेसुराम भण्डारी, संगठन विभागमा नहेन्द्र खड्का, कानुन विभागमा केपी बराल, प्रचार तथा प्रकाशन विभागमा लालबहादुर बिक र अनुसन्धान विभागमा कृष्ण खनाल रहेका छन् ।
त्यस्तै सातै प्रदेशमा प्रादेश समन्वय समितिहरुको जिम्मेवारी समेत तोकिएको छ । जसमा प्रदेश १ मा इञ्चार्ज– बलदेव चौधरी, प्रदेश नं २
मा इञ्चार्ज– ध्रुवराज ढकाल, प्रदेश नं.३ मा इञ्चार्ज– केशवलाल श्रेष्ठ, गण्डकी प्रदेशमा इञ्चार्ज– शिव खनाल, प्रदेश नं.५ मा इञ्चार्ज– हरि पराजुली, कर्णाली प्रदेशमा इञ्चार्ज– नयाँराम थापा र सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज– लालबहादुर थापा रहेका छन् ।
साथै महासंघले ७७ वटै जिल्लामा जिल्ला समन्वय समिति समेत गठन गरेको छ ।