• २०८१ बैशाख १५ शनिबार

बलिवुड बक्स अफिसमा कबीर सिंहको रेकर्ड  

kharibot

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले रिलिजको पाँचौ दिनमा सय करोड क्लबमा प्रवेश गरेको छ ।

शुक्रबार रिलिज भएको कबीर सिंहले पाँचौ दिन मंगलबार १६ करोड ५३ लाख कलेक्सन गर्दै पांच दिनमा १०४ करोड ९० लाख कलेक्सन गर्दै सय करोड क्लबमा प्रवेश गरेको छ ।

सय करोड क्लबमा प्रवेश गरेसँगै अभिनेता शहिद कपुरको क्यारियर कै सबै भन्दा धेरै कलेक्सन गर्ने सोलो फिल्म बनेको छ । यस अघि पद्मावतले २ सय ४८ करोड कलेक्सन गरेपनि सो फिल्ममा रनबीर सिंह र दिपीका पदुकोने पनि प्रमुख भूमिकामा थिइन् ।

पहिलो दिन भारतीय बक्स अफिसमा २० करोड २१ लाख कलेक्सन गरेको कबीर सिंहले दोस्रो दिन २२ कोर्द ७१ लाख, तेस्रो दिन २७ कोर्द ९१ लाख र चौथो दिन १७ करोड ५४ लाख कलेक्सन गरेको थियो ।

कबीर सिंह यस बर्ष रिलिज भएका फिल्म मध्ये भारतपछि छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ । भारत रिलिजको चौथो दिन सय करोड क्लबमा पुगेको थियो भने कबीर सिंह पाँचौ दिन सय करोड क्लबमा पुगेको छ । त्यस्तै यस अब्र्ष रिलिज भएको केशरी सातौ दिन, गली ब्वाय अठौ दिन र टोटल धमाल नवौ दिन सय करोड क्लबमा प्रवेश गरेको थियो ।         

त्यस्तै कबीर सिंह यस बर्ष रिलिज भएका फिल्म मध्ये पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्मको सुचिमा चौथो स्थानमा रहेको छ । सलमान खानको भारतले पहिलो दिन ४२ करोड ३० लाख, कलंकले २१ करोड ६० लाख र केसरीले २१ करोड ६ लाख कलेक्सन गरेका थिए ।

दक्षिण भारतको ब्लकबष्टर फिल्म अर्जुन रेड्डीको रिमेक कबीर सिंहमा शाहिद कपुर र कियारा आडवाणीको प्रमुख भूमिका रहेको छ । सेन्सरले एडल्ट सर्टिफिकेट दिनुमा यस फिल्ममा शाहिद कपुरले पागल प्रेमीको भूमिकामा रहेका छन् । फिल्म २ घण्टा २४ मिनेटको रहेको छ भने फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका छन् ।

यस फिल्मलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएर यस फिल्मलाई सिनेमा हलमा गएर बालबालिकाले हेर्न नपाउने बनाए पनि फिल्मलाई दर्शकले अत्याधिक मन पराएका छन् ।

फिल्ममा शहिद र कियारा दुवै मेडिकल विद्यार्थी हुने र शाहिद (कबीर सिंह) ले कियारालाई जबर्जस्ती प्रेम गर्ने र अन्तत: कियाराको मन जित्न सफल हुने तर पछि दुवैबीच बिछोड हुने कथा रहेको बताइएको छ । कियारासँगको बिछोड पछि शाहिद कुलतमा फस्ने समेत फिल्ममा देखाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै