कोपामा ब्राजिल र अर्जेन्टिनाको भेट सेमिफाइनलमा हुनसक्ने !

खरीबोट

काठमाडौँ । कोपा अमेरिकाको समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

कोपामा खेलेका १२ देश मध्ये ८ देशले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । समुह ए बाट शिर्ष स्थानमा रहदै ब्राजिल र दोस्रो हुदै भेनेजुएला दोस्रो हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै समुह बि बाट कोलम्बिया पहिलो हुदै र अर्जेन्टिना दोस्रो हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै समुह सी बाट उरुग्वे पहिलो हुदै र चिली दोस्रो हुदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका समुहको पेरु, समुह बि को पराग्वे र समुह सी को जापान मध्येबाट उत्कृष्ट २ देश पेरु र पराग्वे पनि क्वाटरफाइनलमा पुगेका छन् । तेस्रो स्थानको पेरु ४ अंकसहित र पराग्वे र जापान २-२ अंक भएको भएपनि गोल अन्तरका आधारमा पराग्वे अगाडी भएकाले पराग्वे क्वाटरफाइनलमा पुगेका छन् ।

यससँगै समुह ए बाट बोलिभिया, समुह बि बाट कतार र समुह सी बाट जापान र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् ।

क्वाटरफाइनलका खेल :

अब क्वाटरफाइनलमा ब्राजिल पराग्वेसँग खेल्ने भएको छ भने अर्जेन्टिना भेनेजुएलासँग खेल्ने भएको छ । त्यस्तै कोलम्बिया चिलीसँग खेल्दै छ भने उरुग्वे पेरुसँग खेल्ने भएको छ ।

क्वाटरफाइनलका खेल आगामी शुक्रबार बिहान ब्राजिल र पराग्वे खेल्ने छन् भने शनिबार बिहान अर्जेन्टिना र भेनेजुएला तथा कोलम्बिया र चिली खेल्दै छन् । त्यस्तै आइतबार बिहान उरुग्वे र पेरु खेल्दै छन् ।

ब्राजिल र अर्जेन्टिनाको सेमिफाइनलमा भेटको सम्भावना :

चिरपरिचित प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकामा सेमिफाइनलमा भेट हुने सम्भावना भएपछि यस बर्षको कोपाको फाइनलमा ब्राजिल र अर्जेन्टिनामध्ये एक टिम पुग्ने अवस्था आएको हो । क्वाटरफाइनलमा ब्राजिल पराग्वेसँग शुक्रबार बिहान खेल्दै छ भने अर्जेन्टिनाले भेनेजुएलासँग शनिबार बिहान खेल्दै छ ।

यसरी पहिलो सेमिफाइनलमा ब्राजिल र पराग्वे तथा अर्जेन्टिना र भेनेजुएलाबीचको विजेताले खेल्ने छन् । त्यस्तैले ब्राजिलले पराग्वेलाई पराजित गरेमा र अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गरेमा दुवै प्रतिद्वन्दीको भेट सेमिफाइनलमा हुने भएको हो ।

कोपा अमेरिकाको इतिहासमा अहिलेसम्म ब्राजिल र अर्जेन्टिनाबीच २२ पटक भएका खेलमा अर्जेन्टिना १४ पटक र ब्राजिल ८ पटक विजयी भएको छ ।

त्यस्तै क्वाटरफाइनलमा कोलम्बिया र चिली तथा उरुग्वे र पेरुबीचको विजेताले दोस्रो सेमिफाइनलमा खेल्ने छन् ।

                       
 

सम्बन्धित समाचार

म्यानचेस्टर युनाइटेडको जितमा १७ बर्षिय ग्रीनवुडको निर्णायक गोल

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत म्यानचेस्टर युनाइटेडले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ । सिंगापुरमा शनिबार भएको खेलमा म्यानचेस्टरले इन्टरमिलानलाई १-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा खेलको

लस एन्जल्सविरुद्ध इब्राहिमोविचको ह्याट्रिक 

काठमाडौँ । स्विडेनका फुटबल सुपरस्टार जलाटन इब्राहिमोविचले अमेरिकन फुटबल लिग एमएलएसमा ह्याट्रिक गरेका छन् । लस एन्जल्सविरुद्धको खेलमा एलए ग्यालेक्सीबाट खेल्दै इब्राहिमोविचले ह्याट्रिक गरेका हुन् । उनले खेलको आठौ, ५६औ र

लिभरपुल ड्रोटमण्डसँग पराजित

काठमाडौँ । प्रि-सिजनको अभ्यास खेलमा च्याम्पियन्स लिग जितेको लिभरपुल जर्मनी क्लब बोरुसिया ड्रोटमण्डसँग पराजित भएको छ । शनिबार बिहान अमेरिकाको इन्डियानामा सम्पन्न खेलमा ड्रोटमण्डले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो

अल्जेरिया बन्यो अफ्रीकाको च्याम्पियन 

काठमाडौँ । अफ्रीका नेसन्स कपको उपाधि अल्जेरियाले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा सेनेगललाई पराजित गर्दै अल्जेरियाले दोस्रो पटक अफ्रीका नेसन्स कपको उपाधि जितेको हो । अल्जेरियाले सेनेगललाई १-० गोल


z