• २०८१ बैशाख १४ शुक्रबार

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक (सुची सहित) 

kharibot

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार १२ हजार ९ जना उत्तीर्ण भएका छन् ।

गत जेठ २६ र २७ गते सम्पन्न परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा दिएको नेपाल इपीएस सेन्टरले जनाएको छ । ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए ।

कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए। जसमा २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

कोरियामा विदेशी कामदार ल्याउने १६ देश मध्ये कामदार संख्याको आधारमा कम्बोडिया पछि नेपाल दोस्रो स्थानमा रहेका छ ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै