• २०८१ बैशाख २५ मंगलबार

सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्च अदालतको अन्तरिम आदेश

kharibot

काठमाडौँ । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार ललितपुरको ग्वार्कोमा प्रदर्शन भएको छ । त्यसक्रममा ललितपुरको बालकुमारीमा इपिएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरेका थिए । सो प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको ज्यान समेत गएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै