• २०८१ बैशाख १७ सोमबार

एक घर एक रोजगार कार्यक्रम

kharibot

तनहुँ / तनहुँको आँवुखैरेनी गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘एक घर एक रोजगार कार्यक्रम’ ल्याएको छ । बेरोजगार युवालाई लक्षित गरी उमेर समूहमा आधारित प्रशिक्षणका साथै सीपमूलक तालीम प्रदान गर्ने गरी एक घर एक रोजगार कार्यक्रम ल्याएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरी गाउँपालिकाभित्रका व्यक्तिहरुलाई रोजगार प्रदान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । हरेक वडामा एक स्वास्थ्य संस्था स्थापना गरिने योजना रहेको छ उनले भने । विपन्न नागरिक र असाध्य रोगको बिरामीहरुलाई निःशुल्क सिफारिस र केही मात्रामा आर्थिक सहयोग गरिने र जनतालाई स्वास्थ्यको पहुँचका लागि एम्बुलेन्सको व्यवस्थापन मिलाइएको अध्यक्ष थापाले बताए ।

तीन वर्षभित्र सम्पूर्ण घर परिवारमा स्वच्छ खानेपानी पु¥याउन एक घर एक धारा जडानलाई प्राथमिकता दिइएको छ । आदिवासी जनजाति, दलित, लोपोन्मुख जातिका भाषा धर्म र सांस्कृतिक संरक्षण, मौलिक संस्कृतिको प्रवद्र्धनमा जोड दिँदै बाल उद्यान, बाल सूचना केन्द्र स्थापना, बालबालिकामैत्री खेलकूद तथा पार्क स्थापना, अन्तरपुस्ता सीप हस्तान्तरण, क्षमता विकास तथा सीप विकासलाई प्राथमिकतामा रहेका छन् ।

फरक क्षमता भएका व्यक्ति, महिला, बालबालिका, ज्येष्ठ नागरिक, जातीय विभेद न्यूनीकरण, समतामूलक समाज निर्माण र सरकारले अवलम्बन गरेका सामावेशी विकासलाई प्रवद्र्धन गर्दै अपाङ्ग परिचयपत्र घरघरमा पु¥याउने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताए ।

आँवुखैरेनी गाउँपालिकाका सम्पूर्ण वडामा सहज सडक पहुँच तथा वडा कार्यालय जोड्ने पक्की सडक सञ्जाल निर्माणका लागि प्रक्रिया अघि बढाइने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका सबै सडकको मापदण्ड तथा आँवुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदीमा झलुङ्गे पुलको निर्माण कार्य अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

फूलैफूलको नगर बनाउन बहुउद्देश्यीय नर्सरी व्यास नगरपालिकाले फूलैफूलको नगर बनाउन बहुउद्देश्यीय नर्सरी स्थापना गर्ने नीति ल्याएको छ । नीति तथा कार्यक्रममा नगरलाई प्राकृतिक सुन्दरता एवं वातावरणीय स्वच्छता कायम गर्न फूलैफूलको नगर बनाउन उद्देश्यले उक्त कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि दुई करोड पाँच लाख ५० हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी विपद् तथा जलवायु उत्थानशीलसँग सम्बन्धित विभिन्न ऐन, नियम तथा कार्याविधि बनाई लागू गरिने र नगरस्तरीय विपद् व्यवस्थापन केन्द्र स्थापना गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख न्यौपानेले बताए ।

व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगरपालिका बनाउन टोल विकास संस्थाहरुसँगको सहकार्य अघि बढाइने र वैकल्पिक झोला तयारी गर्नका लागि सहयोग प्रदान गर्ने भएको छ ।

सबै वडामा रहेका सडकहरुको वर्गीकरण गरी सडक किनारामा हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्ने नीति नगरपालिकाको छ । वातावरण प्रतिकूल असर गर्ने गरी डोजर सञ्चालनलाई निरुत्साहित गरिने नीति तथा कार्यक्रम ल्याइएको व्यासनगरकी उपप्रमुख मीरा जोशीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै