• २०८१ बैशाख १४ शुक्रबार

पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

kharibot

काठमाडौँ । पेनाल्टी सुटआउटमा उरुग्वेलाई पराजित गर्दै पेरु कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।

आइतबार बिहान भएको क्वाटरफाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन् नसकेपछि भएको पेनाल्टीमा पेरुले ५-४ गोल अन्तरले उरुग्वेलाई पराजित गरेको हो ।

उरुग्वेका लागि एक मात्र पेनाल्टी गोल बार्सिलोनाका लुइस स्वरेजले मिस गरेका थिए । पेनाल्टी सुटआउटको पहिलो गोल नै स्वरेजले मिस गरेका थिए ।

यसअघि खेलको पहिलो हाफमा एडिसन कभानीले गोल गर्ने मौका गुमाएका थिए भने दोस्रो हाफमा दुई गोल अफसाइडका कारण अस्वीकृत भएका थिए ।

पेरुले उरुग्वेको पोष्टमा एक प्रहार समेत नगरी खेल जितेर सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा पेरुले डिफेन्डिङ च्याम्पियन चिलीको सामना गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै