• २०८१ बैशाख १४ शुक्रबार

कोपा अमेरिकाको सेमिफाइनल समीकरण पुरा

kharibot

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत सेमिफाइनलको समीकरण पुरा भएको छ । कोपामा खेलेका १२ देश मध्ये ८ देशले क्वाटरफाइनलमा खेलेकोमा अब अर्जेन्टिना, ब्राजिल, चिली र पेरु सेमिफाइनलमा पुगेका छन् ।

ब्राजिलले पराग्वेलाई क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने अर्जेन्टिनाले भेनेजुएलालाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ पराजित गर्दै सेमिफाइनलमा पुग्यो भने पेरुले उरुग्वेलाई पेनाल्टी सुटआउटमा नै ५-४ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी अर्जेन्टिना र ब्राजिल आमने सामने भएका छन् भने डिफेन्डिङ च्याम्पियन चिलीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी पेरुलाईसेमिफाइनलमा पाएको छ ।

अब सेमिफाइनलको पहिलो खेल अर्जेन्टिना र ब्राजिलबीच बुधबार बिहान हुने छ भने दोस्रो सेमिफाइनल चिली र पेरुबीच बिहिबार बिहान हुने छ । दुवै खेल नेपाली समय अनुसार बिहान सवा ६ बजे हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै