• २०८१ बैशाख १५ शनिबार

पहिलो पटक उत्तर कोरियाको भूमिमा ट्रम्प, किमसँग तेस्रो पटक भेटवार्ता

kharibot

सिओल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार उत्तर कोरिया पुगेका छन्। दुई कोरियाली सीमा क्षेत्र पानमुनजोममा पुगेर उत्तर कोरियाली भूमि टेकेका हुन् । उनी उत्तर कोरियाली नेता किम जोङ उनसँगको तेस्रो शिखर वार्ताका पहिलो पटक उत्तर कोरियाली भूमिमा पुगेका हुन् । 

‘यो विश्वका लागि विशेष दिन हो’, भेटपछि संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्पले भने, ‘सीमामा पाइला टेक्नु ठूलो सम्मान थियो।’ 

उनले भेटसँगै दुई देशबीच महान् सम्बन्धको विकास भएको बताए। ‘अढाई वर्षअघि धेरै खराब थियो जुन दक्षिण कोरिया, उत्तर कोरिया तथा विश्वका लागि खतरा थियो’, ट्रम्पले भने । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली सीमामा पाइला टेक्न पाउँदा ‘गर्व’ लागेको बताए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस भ्रमणका लागि किमलाई आफूले स्वागत र निमन्त्रणा गरेको जानकारी दिए । दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो । 

साथै, अमेरिकी बहालबाला राष्ट्रपतिले उत्तर कोरियामा पाइला टेकेको पनि यो पहिलो अवसर हो । 

उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाली सीमा कार्यालयमा विशेष बैठक समेत भएको छ ।

पानमुनजोन भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन पनि सहभागी थिए ।

ट्रम्पले किमसँग पहिलो पटक सिंगापुरमा २०१८ जुन १२ र दोस्रो पटक भियतनाममा त्यसै वर्षको फेब्रुअरीमा भेटवार्ता गरेका थिए ।

उनी जापानमा सम्पन्न जी–२० सम्मेलनपश्चात् दक्षिण कोरिया हुँदै किमलाई भेट्न त्यहाँ पुगेका हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै