काठमाडौँ । तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईंलाई महिला शक्ति महासंघको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको छ ।
उनले संगठनलाई नोक्सान पुर्याउने गतिविधि गरेकोले शुक्रबार बसेको महिला शक्ति महासंघको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
साथै बैठकले महिला शक्ति महासंघको संयोजकमा सर्वसम्मत रुपमा भगवती सुवेदीलाई चयन गरेको छ ।
बैठक महिला शक्ति महासंघकी इन्चार्ज हिसिला यमीको उपस्थितिमा आज काठमाडौंमा बसेको थियो । हुमागाई आज देबेन्द्र पराजुली, कल्पना धमलासँग नेकपा प्रवेश गर्दै छिन ।