• २०८१ बैशाख १७ सोमबार

प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका जादै

kharibot

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन मित्रराष्ट्र संयुक्त राज्य अमेरिका जाने भएका छन् ।

प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा यहि असार २३ गते अमेरिका जाने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिश आर्म्ड फोर्सेस आयोजना गर्ने  फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी नेटवर्क मिटिङ र संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो  शिफ अफ डिफेन्स कन्फरेन्समा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । प्रधानसेनापति थापा ४ सदस्यीय भ्रमण दलका साथ अमेरिका प्रस्थान गर्ने नेपाली सेनाले जनाएको छ ।         

भ्रमणको क्रममा प्रधानसेनापति थापाले डिपार्टमेन्ट अफ डिफेन्समा युएस आर्म्ड फोर्सेसका भाइस चेयरमेनन ज्वाइन्ट शिफ अफ स्टाफ तथा डिपार्टमेन्ट अफ डिफेन्स अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ‍औपचारिक कार्यक्रम सम्पन्‍न गरी प्रधानसेनापति थापा श्रावण १ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै