• २०८१ बैशाख १४ शुक्रबार

संसदीय टोलीद्वारा पेट्रोलियम पाईप लाईनको अनुगमन

kharibot

बारा । उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका १२ जना संसदीय टोलीले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईनको अध्ययन अनुगमन गरेको छ । 

राष्ट्रिय गौरवका आयोजना मध्येको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन निर्माणको कामको दुई दिने अनुगमनका लागि आएका संसदिय टोलीले नेपालमा पर्ने पाईप लाईनको बारेमा अध्ययन गरेको हो । 

टोलीले पहिलो दिन बिहिवार नेपाल भित्र रहेको ३६.२ किलोमिटर र दोस्रो दिन शुक्रवार भारत तर्फको ३३.७ किलो मिटर क्षेत्रमा निर्माण भैरहेको पाईपलाईनको अवस्थाको अध्ययन अवलोकन गरेको छ । 

अवलोकनको क्रममा बाराको अमलेखगंज स्थित नेपाल आयल नियममा आएको संसदिय टोलीले दुई दिनको अध्ययन अवलोकन पछि सरकार र आयल निगमलाई पेट्रोलीयम पाईप लाईन र्मिाणको अवस्थाको बारेमा आफ्नो प्रतिबेदन बुझाउँने टोलीका संयोजक विमल प्रसाद श्रीवास्तबले जानकारी दिए ।

२०७५ बैशाख ४ गते देखि पाईप गाड्ने काम शुरु गरेको यस योजनाको पाईप लाईन गाड्ने काम सकिएको र अन्य प्राविधिक काम चलिरहेको नेपाल आयल निगमका निर्देशक विरेन्द्र गोईतले जानकारी दिए । 

उनले पाईप लाईनको सुरक्षा मुख्य चुनौती विषय रहेको बताउँदै सुरक्षा गर्ने जिमेवारीको बारेमा छलफल भैरहेको र संभवतः नेपाली सेनालाई दिने सम्भावना रहेको बताए ।

निर्माणाधिन पेट्रोलीयम पाईप लाईनबाट नेपालमा हाल डिजेलको खपत बढि हुँने गरेकोले तत्काल डिजेल मात्र ल्याइँने र विस्तारै मट्टितेल र पेट्रोलको भण्डारण ट्याङ्क निर्माण भए पश्चात मट्टितेल र पेट्रोल पनि सोहि पाईप लाईन मार्फत आयात हुँने योजना आयल निगमको रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै