• २०८१ बैशाख १७ सोमबार

घुस लिएको आरोपमा पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ । 

दाङका ‘पत्रकार’ सुनिल न्यौपानेसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरिएको छ । अख्तियारले सवारी साधान चेकजाँचमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंहलाई पनि प्रतिवादी बनाएको छ ।  

सवारी साधनको चेकिङमा रहेका प्रहरी हवल्दार सिंहको घुस लिएको भिडियो बनाई बार्गेनिङ गरेको आरोपामा पत्रकार न्यौपाने र सिंहविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुविरुद्ध १ लाख ५ हजार २ सय रुपैयाँ बिगो मागदाबी छ । 

घोराही उपमहानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार सिंहले चेकजाँच गर्ने क्रममा परेका पत्रकार न्यौपानेसँग कागजात थिएन । 

न्यौपानले दुई सय घुस दिए । त्यो घुस दिएपछि आफू पत्रकार भन्दै न्यौपाने प्रहरी हवल्दारसँग १ लाख घुस मागेर बार्गेनिङ गरे । घुस नदिए पत्रपत्रिका समाचार छापिदिने धम्की दिए । न्यौपानेको धम्कीपछि हवाल्दार सिंहले तत्कालनै ५ हजार रुपैयाँ दिए । 

अख्तियारका अनुसार न्यौपानेले ५० हजारको चेक र ५० हजारको नगद लिए । २ सय घुसलिने हवाल्दार र एक लाख ५ हजार पैसा लिने पत्रकारलाई पक्राउ गरेर अख्तियार अुनसन्धान गरेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै