• २०८१ बैशाख १७ सोमबार

अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु नाकाबन्दी लगाउनु सरह भयो – मन्त्री मातृकाप्रसाद यादव

kharibot

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकोमा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनु सरह हुने समेत बताए । कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको उनले बताए । 

उनले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर विभागमा मात्र परीक्षण गर्ने प्रभावकारी प्रयोगशाला रहेको र कृषि मन्त्रालयअन्तर्गत त्यससम्बन्धी प्रविधि कमजोर रहेका कारण पूर्ववत् अवस्थामा फर्किनुपरेको जानकारी दिए ।

मन्त्री यादवले सरकारले उद्योगको विकास गर्ने, उत्पादन बढाउने र आयात घटाउने नीति बनाएर काम गरिहेको बताउँदै उनले भने, ‘सरकारमाथि निजीकरण गरी उद्योग बेचेर खान थाल्यो भन्ने आरोप छ, त्यसो होइन, उद्योग खोल्न भनी सरकारले उपलब्ध गराएको जमीन दुरुपयोग हुन नदिनेतर्फ सचेत र चनाखो छ ।’

विदेशबाट कच्चा पदार्थ ल्याउँदा भन्सार छुट दिने वा नदिने भन्ने विषयमा दुई खाले सुझाव आए पनि सरकारले मुलुकको हितलाई ध्यानमा राखेर काम गर्ने उनले बताए ।

यादवले उखु किसानको विषय कृषि मन्त्रालय र अर्थमन्त्रालयले हेरिरहेको बताउदै त्यसबारेमासम्बन्धित मन्त्रालयले नै जवाफ दिने बताए ।

उनले भने लामो समय सत्तामा बसेर केही गर्न नसकेकाहरुको यो प्रकरण;लाइ चर्काएको बताउदै आफुहरुले त विषादी खानु हुँदैन भनेर निर्णय गरेको बताए । उनले भने, 'त्यसका लागि जाँच गरेर ल्याउने भन्यौं । तर त्यसका लागि हामीसँग क्षमता नै रहेनछ । म सबै माननीयजीहरुलाई आग्रह गर्छु, एक पटक गएर कृषि मन्त्रालयको क्षमता बुझ्नुपर्यो ।'

मन्त्री यादवले बहने,'मेरो कमजोरी हो कि कृषि मन्त्रालयमा क्षमता रहेनछ भन्ने मलाई थाहा भएन । राम्रो काम गर्न खोज्नुलाई कसैले अपराध वा केही बुझ्छ भने अर्कै कुरा हो ।'

कृषि मन्त्रीले आइतबार संसदमा गरेको टिप्पणी बारे बोल्दै यादवले भने,'मन्त्रीजीले के जवाफ दिनुभयो थाहा छैन । तर उहाँकै बाट के जवाफ आएको छ भने हाल नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रमाणपत्र जारी गर्ने केन्द्रीय तहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मात्र अन्तराष्ट्रिय स्तरको प्रयोगशाला रहेको । काठमाडौंमा मात्र रहेको र अरु ठाउँमा नरहेको । सचिवले पठाउनु भएको पत्रमा छ । मन्त्रीजीले पनि सचिवले पठाएको पत्र पढ्नु भएन कि मैले जस्तै । कस्तो हुन्छ भने नि, सचिवले ल्याउँछन्, हामी विश्वास गरेर सही गरिदिन्छौं ।'

अहिले यस प्रकरणमा अनेकौ किसिमको प्रचार भएको भन्दै मन्त्री यादवले भने,'फेरि आज हामीले बिगारिदिएको होइन । छैँदै छैन के विगार्नू ! अनि विदेशीको अगाडि झुक्यो रे ? जसको आफ्नै बानी छ झुक्ने, तिनीहरुले विदेशीको अगाडि झुक्यो भनिरहेका छन् । न झुक्ने न लड्ने भिड्ने, आवश्यकता अनुसार डिल गर्ने हो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै