• २०८१ बैशाख १५ शनिबार

फाइनलमा हङकङ ९५ रनमा समेटियो

kharibot

काठमाडौँ । एशियन क्रिकेट काउन्सिल (एसीसी) यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत हङकङले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ४३.१ ओभरमा अल आउट हुदै ९५ रन बनाएको हो ।

हङकङलाई सस्तैमा रोक्न नेपाली स्पिनर सागर ढकालले घातक बलिङ गरेका थिए । सागरले १० ओभरमा ५ मेडनसहित १८ रन दिएर ५ विकेट लिएका थिए । सागरले आफ्नो अन्तिम ओभरमा १० रन दिएका थिए ।  

त्यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए भने तिलकराम भण्डारीले एक विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले पनि उत्कृष्ट बलिङ गरेका थिए । कुशलले ८.१ ओभर बलिङ गर्दै ५ मेडनसहित केबल ४ रन दिएर एक विकेट लिएका थिए ।       

हङकङका लागि अदित गोस्वामीले सर्वाधिक २४ रन बनाएका थिए भने कलहन मार्क चल्लुले १९ रन बनाएका थिए । त्यस्तै रौनक कपुर १२ रन बनाएर आउट भएका थिए । हङकङका तीन शिर्ष ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए ।

नेपालले अब केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।                            

यस प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउनेछ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ । प्रतियोगिता २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म संचालन हुनेछ ।                                     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै