• २०८१ बैशाख १४ शुक्रबार

भोजपुरमा प्रहरी-विप्लव कार्यकर्ताबीच गोली हानाहान, दुई जनाको मृत्यु

kharibot

फाइल तस्बीर

भोजपुर । बुधबार बिहान भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । एक प्रहरी जवान र  एक विप्लव कार्यकर्ताको मृत्यु भएको हो । 

बिहानै चिया नास्ताका लागि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राई पाँचधारे होटलमा बसिरहेका थिए ।

गस्तीमा रहेको प्रहरी टोली त्यही होटलमा पुग्यो। प्रहरी देख्नेबित्तिकै अत्तालिएका विप्लव कार्यकर्ताले सुरुमै प्रहरीमाथि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रहरी देख्ने बित्तिकै निरकुमार प्रतिकारमा उत्रिएका थिए । प्रहरीले उनलाई पहिचान गर्न नपाउँदै छातीमा गोली लागेर प्रहरी जवान सञ्जीव राई भुइँमा ढलेका थिए । लगत्तै प्रहरीको जवाफी फायरिङमा निरकुमारमाथि गोली लाग्यो । केही बेरमै भोजपुर बजार आतंकित बनेको थिय ।

विप्लवका कार्यकर्ताको गोली प्रहारबाट अन्य दुई जना प्रहरी जवान घाइते भएको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अहिले भोजपुर सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । उनकाअनुसार मृतक प्रहरी जवान र विप्लव कार्यकर्ताको शव जिल्ला अस्पतालमा राखिएको छ । एक घाइते प्रहरीको त्यही उपचार भइरहेको छ ।

प्रहरीको केन्द्रीय स्रोतका अनुसार भोजपुर सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा प्रहरी गस्तीमा खटिएको थियो ।  प्रहरीका अनुसार विप्लव कार्यकर्ताको साथबाट एक थान चाइनिज पेस्तोल र पाँच राउन्ड गोली बरामद भएको छ । भोजपुरमा प्रदेश १ बाट थप सुरक्षाकर्मी पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै