काठमाडौँ । विम्बल्डनको महिलातर्फको सिंगलको उपाधि रोमानियाको सिमोना हलेपले जितेकी छन् ।
शनिबार सम्पन्न फाइनल खेलमा ह्लेपले सेरना विलियम्सलाई सोझो दुई सेटमा पराजित गरेकी छन् ।
हलेपले ५६ मिनेटमा ६-२, ६-२ को सोझो सेटमा पराजित गर्दै पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन् ।
विम्बल्डन जितेसँगै हलेप विम्बल्डन जित्ने पहिलो रोमानियन खेलाडी बनेकी छन् । २७ बर्षिय हलेपले आफ्नो दोस्रो ग्राण्ड सलाम उपाधि जितेकी छन् ।