• २०८१ बैशाख १६ आइतबार

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उधम गर्ने ६ जना सम्मानित्त 

kharibot

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उधम गर्ने ६ जना व्यक्तिलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ ।

आइतबार मन्त्रालय परिसरमा एक कार्यक्रम गरी विदेशबाट फर्किएर स्वदेश मै उधम गर्ने ६ जनालाई श्रम मन्त्री गोर्कण विष्टले नगद तथा प्रमाणपत्र सहित सम्मान गरेका हुन् । 

सम्मानित्त हुनेमा नवराज पौड्यल , दिपक चापागाई , निरबहादुर राउत , एक बहादुर सिङ्ताङ , मनोज कुमार भारती , शर्मिला अधिकारी र त्रिलोक पनेरु रहेका छन् । 

पौड्यल उत्कृष्ट राष्ट्रिय उधमी बन्दै एक लाख रुपैयाँ सहित सम्मानित्त भए भने अन्य ५ जनालाई भने पचास हजार नगद सहित उधमी राष्ट्रिय पुरस्कारबाट सम्मान गरियो । 

सम्मानित्त हुने सबै सदस्यहरु विदेशमा लामो समय काम गरेको अनुभव छ भने हाल उनीहरुले स्वदेश मै आफनो उधोगधन्दा तथा व्यवसाय सञ्चालन गर्दै आएका छन् । फरक–फरक व्यवसाय सञ्चालन गरेका उनीहरुले समग्रमा करिब २ सय जनालाई रोजगारी दिदै आएका छन् ।  

सम्मानित्त हुने सम्पूर्ण सदस्यहरुले सरकारले सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनीहरुले विदेशमा गएर सीप सिकेर आएर सो सीप उधोगधन्दा सञ्चालन गरी त्यसमा प्रयोग गर्नुपर्ने बताए । यसो गर्नाले मुलुकमा रोजगारी सिर्जना भई मुलुकको आर्थिक विकासमा टेवा पुग्ने उनीहरुले बताए । 

विदेशमा काम गरिरहँदा सदैव श्रमिक हुने बताँउदै विदेशमा सिकेको सीपलाई नेपालमा ल्याएर प्रयोग गर्दा मालिक भएर बस्न सक्ने दक्षिण कोरियामा काम गरी फर्किएका दिपक चापागाईले बताए ।

विदेश भनेको खुल्ला विश्वविद्यालय भएको हुदाँ सीप सिक्नको लागि विदेश जान हुने तर सदैव त्यहाँ श्रमिक भएर बस्न नहुने उनले बताए । कोरियाबाट फर्किएका चापागाईले हाल फलामका काँटी, नट बोल्ट, रड, स्टिल दराज ग्रिल आदि उत्पादन गर्ने डायमण्ड स्टिल उधोग सञ्चालन गर्दै आएका छन् ।

उनी करिब पाँच वर्ष कोरियामा बस्दा प्लाष्टिक सामग्री उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए । 

यस्तै दुर्बइमा काम गरी फर्किएका पौड्यलले भने हाल पोल्ट्री व्यवसाय सञ्चालन गरेका छन् । उनले कान्तिपुर पोल्ट्री व्रिडिङ फर्म सञ्चालन गरी गुणस्तरीय चल्ला उत्पादन गर्दै आएकोे बताए ।

मुलुक मै गुणस्तरीय चल्ला उत्पादन गर्न सके भारतबाट आउने गुणस्तरहीन चल्ला आयतमा कमी आउन उनले बताए । पौड्यलसँग दुबईमा पोल्ट्रि व्यवसायमा काम गरेको अनुभव छ ।  

अधिकारीले भने हाल कृषि फार्म सञ्चालन गरेकी छिन् । युएईमा ब्यूटी पार्लरको काम गरेकी उनले सौन्र्दय वा श्रृगाँरको काम भनेको धनाढ्य महिलाहरुको लागि मात्र भएको बताँउदै आफूलाई त्यसमा रुचि नभएको बताईन् ।

‘विदेशमा जे काम ग¥यो त्यही काम गर्नुपर्छ भन्ने छैन मलाई देशको कुनकाप्चामा रहेका मानिसहरुले मेरो काम थाहापाउन भन्ने उद्देश्यले मैले कृषि पेशा रोजेको हुँ,’ उनले भनिन् । 

मन्त्री विष्टले नागरिकलाई स्वदेशमै रोजगारी दिनको लागि सरकारले कानुन तथा नीतिहरु निर्माण गरिसकेको बताँउदै अब विदेश जानुपर्ने अवस्था विस्तारै कमी हुदै जाने बताए । ‘नागरिकलाई स्वरोजगार बनाउनका लागि कानुनी आधार तयार भइसकेको छ आगामी वर्ष यसले उल्लेखनीय परिणमा दिनेछ,’ उनले भने । 

मन्त्री विष्टले विदेश जाँदा ठगिदै जानुपर्ने स्थित रहेको बताउदै भविष्यमा विदेश जाँदा ठगिनु नपर्ने बताए । जंगलमा बस्ने चराको समेत विभिन्न सन्धि, महासन्धि मार्फत् अधिकार  प्राप्त गरेको बताँउदै उनले नेपलीहरुले पनि विदेशमा काम गर्दा अधिकार सहित अर्थात् न्यनूतम आवश्यकताहरुको सुनिश्चित पश्चयात मात्र काम गर्ने बताए ।

उनले विदेशी भूमिमा आफना नागरिकले सूरक्षित तवरले काम गर्न पाउन भनेर सरकार निरन्तर लागेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै