• २०८१ बैशाख १७ सोमबार

संसद स्थगित भएकोमा काँग्रेसद्वारा खेद व्यक्त

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आजको संसद बैठक स्थगित भएकोमा खेद प्रकट गरेको छ ।

सोमबार एक बजेका लागि बोलाइएको बैठक बाढी पहिरो प्रकोपमा सांसदहरि राहतमा जुट्न जानुपर्ने भन्दै सभामुख कृष्णबहादुर महराले साउन ८ गतेसम्मका लागि स्थगित गरेका थिए ।

आजै काँग्रेस र राजपाका सांसदहरुले आजको संसद बैठकमा अन्य विषय स्थगित गरेर बाढी पहिरोको विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

काँग्रेसले आफुहरुले ल्याएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न सत्ता पक्ष सकारात्मक नभएको आरोप लगाएको छ ।

काँग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट जनधनको क्षति बारे संसदमा छलफल गरी संसदको धारणा सुनी सरकारले प्रतिबद्धता व्यक्त गरी विपदका बेला सबै शक्ति एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोषा दिलाउँन, विपदबाट उद्धार, राहत र पुनस्र्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद भएको उल्लेख गरिएको छ । 

साथै कांग्रेसले सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट समेत अग्रेको छ ।

साथै बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको पाँच (५) दिनको तलब बराबरको रकम सहयोग गर्ने जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै