• २०८१ बैशाख १७ सोमबार

बाँदरमुढे घटना पीडितलाई पच्चीस लाख सहयोग

kharibot

रत्ननगर । बाँदरमुढे घटनाका पीडितलाई माडी नगरपालिकाले रु २५ लाख सहयोग गरेको छ । नगरपालिकाले पीडितको आयआर्जनमा वृद्धि गर्न सहयोग पुगोस् भनेर रु एक-एक लाखका दरले पहिलो चरणमा २५ जनालाई चेक हस्तान्तरण गरेको हो ।

बाँकी पीडितलाई दोस्रो चरणमा सहयोग गर्ने नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाँदरमुढे घट्नाका पीडितले गरेको तीन बुंदे सम्झौता कार्यान्वयनको पहिलो प्रक्रिया शुरु भएको ढकालले बताए ।

ढकालको संयोजकत्वमा सम्झौता कार्यान्वयन गर्न बनेको समितिले पीडितको आर्थिक, सामाजिक, पारिवारिकलगायत अवस्थाबारे स्थलगत प्रतिवेदन तयार गरी पार्टी अध्यक्ष दाहाल समक्ष पेश गरी केन्द्रबाट गर्नुपर्ने कामको बारेमा सिफारिस गरेको थियो ।

सोहीअनुसार बाँदरमुढे घटनास्थलमा रु दश करोडको लागतमा उद्यानसहित मन्दिर तथा सङ्ग्रहालय बनाउने विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । आगामी आवदेखि सो उद्यानको निर्माण शुरु गरिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै