बाढी, पहिरोबाट चार लाख ५२ हजार मानिस प्रभावित भएको रेडक्रसको अनुमान

खरीबोट

काठमाडौँ । नेपाल रेडक्रसले मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएका र ४० हजार घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ ।

रेडक्रसले यो तथ्याँक वढी प्रभावित देशका ३२ जिल्लाहरुमा नेपाल रेडक्रसका निकायहरुबाट आएको विवरणमा आधारित रहेको जनाएको हो । 

बुधवारसम्म  नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण गरिसकिएको जानकारी दिएको छ ।

त्यस्तै ३ सय १० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ । उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३ सय ७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताए ।

शुक्रबारसम्म प्रारभ्भिक द्रुत सवेक्षणको प्रतिवेदन तयार हुने : 

नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताएका छन् । निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतीजा आउने बताए । 

यसैबीच, प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारभ्भिक द्रुत सर्वेक्षण सुरु गरिएको छ । ती जिल्लामा राष्ट्रिय विपद प्रतिकार्यका एक एकजना विशेषज्ञ बुधबार पुगेका छन् । सर्लाही पुगेका विशेषज्ञ सन्तोष न्यौपानेले टेलिफोनमा भने, 'म चक्रघट्टामा खोलाको किनारमा बस्तीरहेका मानिसहरुको घर, चर्पी भत्केर दयनीय अवस्थामा बसेको देख्दा भावुक भए ।' 

स्थानीय सरकारका प्रतिनिधिहरुसँगै त्यहाँ पुग्ने रेडक्रस पहिलो भएको मानिसहरुले बताइरहेका छन् । सर्लाहीमा मात्रै करिव ११ हजार घर भत्केको प्रारभ्भिक तथ्याँक आएको र जिल्ला विपद समन्वय समितिले त्यसलाई आजै अनुमोदन गरेसँगै तत्काल राहत सुरु गरिने न्यौपानेले बताए । 

स्वास्थ्य समस्या वढ्न नदिन सहयोग :

डुंगामा चढेर मात्र जान सकिने प्रभावित क्षेत्र धेरै  छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या वढ्न सक्ने भएकोले पानी शुद्धिकरण ट्याव्लेट र साबुनका अलावा स्वास्थ्य सन्देशहरु दिईएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । पौडेलले भने, 'सर्पदंशबाट वच्ने, टोकिहालेमा अपनाऊनुपर्ने उपाय, पानी शुद्धिकरण र बालबच्चाको हेरचाहका विषयमा रेडियो शन्देश तयार गरी जिल्ला जिल्लामा पठाइएको छ । सामुदायिक संलग्नतामा नै शन्देशहरु प्रभावकारी हुन्छन् ।'

पानी सुद्धिकरणको लागि एकलाखवटा ट्यावलेट र सरसफाई प्रवर्धन को लागि पाँचसय सावुन प्रभावित क्षेत्रमा पठाइसकिएको छ ।  

आपतकालीन तटबन्धको लागि सहयोग :

अविरल बर्षा सुरु भएसँगै शुरक्षा फौजलाई भेल रोक्न आपत्कालीन तटवन्धको लागि नेपाल रेडक्रसका जिल्ला शाखाहरुले वोरा र जनशक्ति उपलव्ध गराएका थिए । बल्खु खोला, तीनथाना, सर्लाही बाग्मतीको तटवन्धमा ८०० वोरा सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाहरुले बताएका छन् । 

हटलाईन ११३० सहयोगी

महोत्तरीको बालुवाबाट जिवझ साहले सहयोगको लागि निशुल्क टेलिफोन हटलाइन ११३० मा जानकारी दिने वित्तिकै महोत्तरीको प्रतिकार्य समूहलाई यसबारे थाह दिइएको थियो । त्यहाँबाट साहले वडा नं ६ मा १०० घर डुवेका, औषधि पसलपनि बन्द भएको र खानेकुरा नपाएकोले सहयोगको लागि डायल गरेका थिए । झापा, उदयपुर, रौतहटबाट पनि यस्ता थुप्रै सूचनाहरु आइरहेका छन् जसले अवस्थाबारे बुझ्न र सम्बन्धित निकायमा सम्पर्क गर्न सहज बनाएका छन् ।

सम्बन्धित समाचार

फेरी साधारण सभा स्थगितपछि मर्माहित भयौं – रेडक्रस सोसाइटी 

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी साउन २८ बिहान ९ बजेदेखि काभ्रेपलाञ्चोक, बनेपास्थित नेरेसोको तालिम केन्द्रमा बस्ने गरी बोलाइएको केन्द्रीय बार्षिक साधारण सभाको कार्यक्रम अकस्मात स्थगित गर्नुपर्दा सोसाइटीको सिँगो परिवार मर्माहित

रेडक्रसले दिएको बोका काटेर मासुको भागबण्डा

गोरखा । सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

काठमाडौं / मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान

बाढी, पहिरोबाट चार लाख ५२ हजार मानिस प्रभावित भएको रेडक्रसको अनुमान

काठमाडौँ । नेपाल रेडक्रसले मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएका र ४० हजार घरहरुमा क्षती पुगेको अनुमान गरिएको


z