केन्याबाट उद्धार गरिएकी १२ नेपाली युवती आफन्तको जिम्मामा

खरीबोट

काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । 

उनीहरुलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा आज आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । 

ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनीहरु विभिन्न स्थानबाट बसमार्फत पूर्वको काँकडभिट्टा नाका हुँदै सिलगुडी–मुम्बई–अदिसाअबाब–मुम्बासा (केन्या) पुगेको खुल्न आएको छ । केन्याको मुम्बासा शहरस्थित रङ्गीला डान्समा काम गर्दै आएका उनीहरुलाई त्यहाँका प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)को सहयोगमा बिहीबार राति नेपाल ल्याइएको हो । उद्धार गरेर ल्याइएको युवतीलाई व्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘रिसिभ’ गरेको थियो ।

केन्यामा नेपाली चेलीबेटी पक्राउ परेको भन्ने समाचार सार्वजनिक भएलगत्तै ब्यूरोले उनीहरुलाई नेपाल ल्याउन त्यहाँस्थित गैरआवासीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास र केन्याको अपराध अनुसन्धान निर्देशनालय (डीसीआई) सँग सहकार्य गरेको थियो ।  
 

सम्बन्धित समाचार

झगडा गर्दा गम्भीर घाइतेको हेलिकोप्टरमा उद्धार

खोटाङ । झगडामा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईको हेलिकोप्टरमा उद्धार गरिएको छ । राईलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।  बिहीबार राति कुटाइबाट गम्भीर घाइते भएका

तलब नपाएर अलपत्र शोभाको यूएईबाट उद्धार

भद्रपुर । वैदेशिक रोजगारीको सिलसिलामा तीन महिनासम्म तलब नपाएर संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र झापा कनकाई नगरपालिका–४ सुरुङ्गाकी शोभा न्यौपानेको उद्धार गरिएको छ । न्यौपाने आज स्वदेश आइपुग्नु भएको छ

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास

नेपालगञ्ज । बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं

नदीमा हाम फाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

कावासोती । नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ ।  नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने


z