• २०८१ बैशाख १५ शनिबार

टम क्रुज अभिनित टप गनको सिक्वेलको ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । हलिवुड अभिनेता टम क्रुज अभिनित फिल्म टप गनको सिक्वेलको ट्रेलर सार्वजनिक भएको छ ।

३३ बर्षअघि सन् १९८६ मा टम क्रुजले अभिनय गरेको फिल्म टप गनको सिक्वेलमा उनी एक्सन अवतारमा फेरी आएका छन् । यस फिल्ममा क्रुज फ्लाइट इन्टक्टरको भूमिकामा रहेका छन् । उनको यो फिल्म २०२० को जुन २६ मा विश्वभर रिलिज हुने बताइएको छ ।

सधै झैँ यस पटक पनि क्रुज निकै दमदाररुपमा ट्रेलरमा देखिएका छन् । फिल्मको नाम टप गन-२: मावरिक नाम राखिएको छ । यो फिल्म शुरुमा यहि जुलाईमा रिलिज गर्ने भनिएको भए पनि सुटिंग नसकिएकोले रिलिज मिति अर्को बर्ष सारिएको बताइएको छ । 

टप गन-२: मावरिकको ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै