• २०८१ बैशाख १७ सोमबार

बक्स अफिसमा २०२४ मा बलिवुडको खराब शुरुवात

kharibot

काठमाडौँ । बलिवुड फिल्मका लागि २०२४ त्यति राम्रो देखिएको छैन । यस बर्षका शुरुका तीन महिना बितिसकेको छ। अप्रिल सुरु भएको छ । यस बर्ष अहिलेसम्म बक्स अफिसमा कुनै पनि फिल्मले ५०० करोड कमाई गर्न सकेका छैनन् । अहिलेसम्म फिल्म ‘हनुमान’ ले विश्वभर ३३० करोडको आँकडा छुन सकेको छ ।

२०२४ को पहिलो तीन महिनामा रिलिज भएका शीर्ष ११ फिल्मको कलेक्शन पनि जनवरी २०२३ मा रिलिज भएको ‘पठान’ को भारतीय कलेक्शनको बराबर छैन । गत वर्षको पहिलो तीन महिनामा बलिउडले करिब १५०८ करोड रुपैयाँ कमाएको थियो । जसमा पठानको कमाई सबैभन्दा बढी थियो ।

जनवरी २५, २०२३ मा रिलिज भएको शाहरुख खानको पठानले भारतीय बक्स अफिसमा करिब ६५४ करोड रुपैयाँ कमाएको थियो । योसँगै ग्लोबल बक्स अफिसमा यसको कमाई १०५० करोड रुपैयाँ थियो ।

जनवरी-मार्च २०२४ को बीचमा जम्मा १३ वटा बलिउड फिल्म थिएटरमा रिलिज भएका छन् । जसमध्ये शीर्ष ११ फिल्मको विश्वव्यापी बक्स अफिस कलेक्सन करिब ८९९.९४ करोड भारु छ । जबकि भारतीय बक्स अफिसमा मात्र यी फिल्मको कलेक्सन ६१०.५५ करोड भारु रहेको छ ।

यस बर्ष रिलिज भएका फिल मध्ये फाइटरले भारतीय बक्स अफिसमा २१२ करोड भारु तथा विश्वभर ३३७ करोड कमाएको छ । त्यस्तै अजय देवगनको शैतानले भारतमा १३२ करोड कमाएको छ भने विश्वभर १८७ करोड भारु कमाएको छ ।

त्यस्तै शाहिद कपुरको फिल्म तेरी बातो मे ऐसा उल्झा दियाले भारतमा ८७ करोड कमायो भने विश्वभर १३३ करोड कमाएको थियो । त्यस्तै आर्टिकल ३७० ले भारतमा ७८ करोड र विश्वभर १०५ करोड कमाएको थियो । 

अप्रिलमा दुई ठूला फिल्मको भिडन्त 

अप्रिल २०२४ को सुरुमा दुई ठूला फिल्मको भिडन्त हुनेछ । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ बक्स अफिसमा अजय देवगनको फिल्म ‘मैदान’सँग भिड्नेछ ।

५६ वर्षीय अक्षय कुमारको ‘बडे मियाँ छोटे मियाँ’ बाहेक अन्य तीन फिल्म रिलिज हुनेछन् जसमा ‘सिंघम अगेन’ अगस्ट १५ मा, ‘स्काई फोर्स’ अक्टोबर २ र ‘वेलकम टु द जङ्गल’ डिसेम्बर २० मा रिलिज हुनेछ । 

योसँगै अजय देवगन एकमात्र बलिउड स्टार हुन् जसका ६ फिल्म यस वर्ष रिलिज हुनेछन् । जसमध्ये ‘शैतान’ रिलिज भइसकेको छ भने अब ‘मैदान’ चैत १० गते रिलिज हुँदैछ । यसबाहेक अजय ‘सिंघम अगेन’, ‘रेड २’, ‘अरों मे कहाँ दम था’ र ‘गोलमाल ५’ जस्ता फिल्ममा देखिनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै