• २०८१ बैशाख १७ सोमबार

महेन्द्र सिंह धोनीले दुई महिना क्रिकेट नखेल्ने...यस्तो छ कारण

kharibot

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्र सिंह धोनीले क्रिकेटबाट सन्यास लिने बारे अहिले भारतीय क्रिकेट जगतमा निकै ठुलो बहस भइरहेको छ ।

विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको भारतीय क्रिकेटमा धोनीको ठुलो योगदान भएपनि पछिल्लो समय उनको प्रदर्शनलाई लिएर मिडियामा प्रश्न उठाइएको छ ।

यसै बहसका बीच महेन्द्र सिंह धोनी भारतीय क्रिकेट टिमको वेस्टइन्डिज टुरमा नजाने भएका छन् । मिडिया रिपोर्टका अनुसार धोनी अबको दुई महिना क्रिकेट बाट टाढा हुने भएका छन् ।

धोनीले यो दुई महिना भारतीय सेनासँग बिताउने भएका छन् । धोनी भारतीय सेनाको प्यारामिलिट्री फोर्सको प्यारासुट रिजेमेन्टको मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । भरतीय क्रिकेट बोर्डका एक अधिकारीका अनुसार धोनीले आफ्नो रेजिमेन्टसँग दुई महिना बिताउने निर्णय गरेको पिटीआईले उल्लेख गरेको छ ।

पिटीआईसँग कुरा गर्दै बोर्डका एक अधिकारीले धोनी वेस्टइन्डिज टुरमा उपलब्ध नहुने बताएका छन् । उनले धोनीले क्रिकेटबाट सन्यास भने अहिले नलिने बताएका छन् ।

धोनीले विश्वकपमा सुस्त खेलेको र सेमिफाइनल खेलमा निकै सातौ नम्बरमा ब्याटिंग गर्न आएको भन्दै उनको आलोचना भइरहेको छ ।

भारतलाई २००७ को टी-२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताएका धोनी भारतबाट ३५० एकदिवसीय क्रिकेट खेल्दै १०७७३ रन बनाएका छन् ।

त्यस्तै उनले ९० टेस्ट खेल्दै ४८७६ रन बनाएका छन् भने ९८ टी-२० खेल्दै १६१७ रन बनाएका छन् ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै