• २०८१ बैशाख १८ मंगलबार

ग्यारेथ बेलले रियल म्याड्रिड छोड्ने

kharibot

काठमाडौं । रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले वेल्सका स्ट्राइकर ग्यारेथ बेलले रियल छोड्न लागेको बताएका छन् ।

आइतबार बिहान इन्टरनेसनल कप अन्तर्गत बायर्न म्युनिखसँगको खेलमा खेल्ने मौका नपाएका बेलले छिट्टै क्लब छोड्ने भएका हुन् ।

बायर्नसँग ३-१ गोल अन्तरले रियल पराजित भएपछि बोल्दै जिदानले बेलले छिट्टै कल्ब छोड्ने बताए । उनले भने, 'हामीलाई आशा छ उनले छिट्टै क्लब छोड्ने छन्, यो नै सबैका लागि राम्रो हुने छ । हामि उनको नयाँ क्लबको ट्रान्सफर बारे छलफलमा छौ ।'
गत बर्षको खराब प्रदर्शनपछि टिममा परिवर्तन गर्नुपर्ने आवश्यक भएकोले नै बेललाई अन्य कल्बमा जान दिन लागिएको उनले स्पष्ट गरे ।

उनले बेलसँग आफ्नो निजि कुनै कुरा नभएको बताउदै सहि समयमा खेलाडीले पनि उनीहरुले गर्नुपर्ने काम गर्नै पर्ने हुनाले त्यसो गर्न नसक्दा टिम परिवर्तन गर्नुपरेको बताए ।

आउदो ४८ घण्टासम्म यो विषय प्रष्ट हुने समेत जिदानले बताए ।

मिडिया रिपोर्टका अनुसार बेललाई जर्मनी क्लब बायर्न म्युनिखले आर्जें रोबिन र फ्र्यांक रिबेरीको ठाउमा लैजाने बारे छलफल गरिरहेको छ । 

बेलले यस अघि चिनियाँ क्लबबाट आएको बम्पर अफरलाई अश्विकार गरेका थिए । रियल म्याड्रिडमा राम्रो खेल्न नसकेको आरोप खेपिरहेका बेलले चाइनिज सुपर लिग खेल्न आएको करिब १.५ मिलियन डलर प्रति साताको अफर अश्विकार गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो । बेलको रियलबाट नै खेल्ने चाहना भएपनि जिदानको क्लबमा पुनरागमन पछि उनको प्राथमिकतामा बेल नपर्दा समस्या भएको छ ।     

बेलले गत सिजनमा खेलेका कुल ४२ खेलमा केबल १४ गोल गरेका छन् । बेलले रियलमा अहिलेसम्म ६ सिजन खेल्दै २३१ खेलमा १०२ गोल गरेका छन् ।                         
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै